एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन मार्चमा आयोजना गर्ने एनआरएनएको निर्णय

Bimala Sene Avatar

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आगामी मार्चमा एसिया-प्रशान्त क्षेत्रीय सम्मेलन गर्ने भएको छ ।

एनआरएनए अध्यक्ष डा. बद्री केसीको अध्यक्षतामा शुक्रबार बसेको १०२औँ आईसीसी बैठकले कम्बोडियामा उक्त सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।  

बैठकले मार्चमा नै युरोप क्षेत्रीय सम्मेलन माल्टामा आयोजना गर्ने निर्णयसमेत गरेको छ । अन्य क्षेत्रीय सम्मेलनको मिति र स्थान छिट्टै निर्धारण गरिने एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता फणीन्द्र पन्तले जानकारी दिए । 

यस्तै, संघले नेपालमा गर्दै आएका परोपकारी कार्यलाई थप प्रभावकारी बनाउन ‘मेची कप फुटबल’ प्रायोजन गर्ने र बर्दियाको बर्थिङ सेन्टरमा सुविधासम्पन्न कोठा निर्माण गर्न आवश्यक सहयोग गर्ने पनि निर्णय गरेको छ ।

नेपाल सरकारको स्वास्थ्य सम्मेलनमा सक्रिय सहभागिता जनाउने, विश्व महिला सम्मेलन सहआयोजना गर्ने, थाइल्यान्डमा युथ पीएनओ सम्मेलन गर्ने निर्णय भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

संघका सबै संगठनात्मक गतिविधिलाई निर्वाचित महासचिवमार्फत जानकारी गराउने र संघका प्रवक्तामार्फत सकारात्मक सूचनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको संघले जनाएको छ।

बैठकले संघको प्रजातान्त्रिक प्रणाली, विधि, र विधानमा आधारित प्रक्रियालाई आत्मसात् गर्दै एकताको भावनामा सबै सदस्यलाई समर्थन र सहकार्यका लागि आह्वानसमेत गरेको छ । 

सर्वोच्च अदालतले सन् २०२४ अगस्टमा गरेको फैसलाले एनआरएनएको ११ औँ महाधिवेशनलाई स्वायत्त, सार्वभौम र २/२ वर्षमा नियमित रूपमा सञ्चालन हुने वैधानिक अधिवेशनका रूपमा मान्यता दिएको थियो । सर्वोच्चको सो फैसला प्रति वर्तमान कार्यसमितिले पूर्ण सम्मान जनाउँदै संघको एकता र प्रगतिका लागि प्रतिबद्धतासमेत जाहेर गरेको छ । 

यसैगरी, बैठकले हालै सम्पन्न एनआरएन डे २०२४, ग्लोबल कन्क्लेव तथा वार्षिक साधारण सभा २०२४ भव्य रूपमा सम्पन्न भएकोमा नेपाल सरकारलगायत सबै सरोकारवालालाई धन्यवाद प्रस्ताव पारित गरेको छ । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search