एनआरएनए र गोर्खा संगठनका प्रतिनिधिबीचको बैठक सम्पन्न, चार बुँदे घोषणापत्र जारी

Gurkha Channel Avatar

लन्डन । गैरआवाशीय नेपाली संघ र भूतपूर्व गोर्खा संगठनका प्रतिनिधिबीच भएको बैठक चार बुँदे संयुक्त घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

बेलायतको अल्डरसटमा ३१ तारिख शनिबारका दिन गैर आवासीय नेपाली संघ, गोर्खा टास्क फोर्सका अध्यक्ष चन्द्रबहादुर गुरुङको संयोजकत्व, प्रदेश सांसद डिल्लीराम सुवेदीको प्रमुख आतिथ्य एवं गैर आवासीय नेपाली संघ आइसीसी अध्यक्ष डा. बद्री केसीको विशेष आतिथ्यमा भूतपूर्व गोर्खा संगठनका प्रतिनिधिबीच बैठक बसेको हो । 

गोर्खाहरू त्रिपक्षीय सन्धिअन्तर्गत भर्ती भएर आएकाले गोर्खा तथा निजका सन्ततिहरूको नेपाली नागरिकता कायमै रहने व्यवस्था गर्न बैठकले नेपाल सरकारसँग माग गरेको छ ।

‘नेपालको संविधान संशोधन तयारी भइरहेका बेला यस बैठक नेपालको नागरिकता ऐन २०६३ (पहिलो संशोधन २०७९) को दफा १०, उपदफा १ मा उल्लेख भएको विदेशी नागरिकता लिएपछि नेपाली नागरिकता कायम नरहने भन्ने प्रावधान संशोधन गरिनु पर्दछ,’ निर्णयमा भनिएको छ, ‘साथै गोर्खाहरू त्रिपक्षीय सन्धि अन्तर्गत भर्ती भएर आएकाले गोर्खा तथा निजका सन्ततिहरूको नेपाली नागरिकता कायमै रहने व्यवस्था गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछ ।’

यस्तै, पूर्ण अधिकारसहितको नागरिकता प्राप्ति र भूतपूर्व गोर्खाहरूका यथोचित माग पुरा गर्ने सवालमा गोर्खा आन्दोलनमा गैर आवासीय नेपाली संघले पूर्ण ऐक्यबद्धतासहित सहकार्य गर्ने अठोट राखेको छ । 

भूतपूर्व गोर्खाहरूका माग सम्बोधन गर्न बेलायत र नेपाल सरकारबीच जीटुजी वार्ता अब मन्त्रिस्तरीय रूपमा हुनुपर्नेमा बैठकले जोड दिएको छ । यसका लागि गैर आवासीय नेपाली संघले नेपाल सरकारसमक्ष जोडदार पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

456588255_711093161191700_1174630525658317787_n-1725199764.jpg
ऐतिहासिक बैठकमा प्रत्यक्ष सहभागी भएर आफ्ना सकारात्मक धारणासहित ऐक्यबद्धता जनाउनु हुने गण्डकी प्रदेशका सांसद माननीय डिल्लीराम सुवेदी, गैर आवासीय नेपाली संघ आइसीसी अध्यक्ष डा. बद्री केसी, उपाध्यक्षहरूसहित पदाधिकारी एवं गोर्खा अभियन्ता र सञ्चारकर्मीप्रति बैठकले आभार व्यक्त गरेको छ ।  

साथै, एनआरएनए आइसीसी अध्यक्ष डा. केसीको नेतृत्वमा संयुक्त रूपमा नेपाल सरकारसमक्ष डेलिगेसनका लागि अक्टोबरमा नेपाल जान पनि बैठकले अनुरोध गरेको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search