लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका पूर्वउपाध्यक्ष तथा समाजसेवी मोहन कार्कीको निधन भएको छ ।
कार्कीको सोमबार आफ्नै निवासमा निधन भएको एनआरएनए यूकेका महासचिव गोविन्द खरेलले पुष्टि गरे । झापामा २९/१०/१९७२ मा जन्मिएका कार्कीको घर काठमाडौंमा कालिमाटी हो । हाल उनी स्कटल्यान्डमा बस्दै आएका थिए । उनमा केही समयअघि फोक्सोमा समस्या आएपछि उपचाररत थिए ।
कार्की एनआरएनए यूकेको दुई कार्यकाल उपाध्यक्ष (२०१९–२१, २०२१–२३), एनआरएनए स्कटल्याण्डको संस्थापक अध्यक्ष (२०१७–१९) रहेका थिए । उनी फोर्थ भ्याली नेपाली एशोसिएसनका अध्यक्ष, दुई कार्यकाल ग्लास्गो नेपाली एशोसिएसनको अध्यक्षसमेत बनेका थिए ।
आपतविपत पर्दा कार्की कर्मभूमि बेलायत र जन्मभूमि नेपालमा अग्रणी रुपमा लागिपर्ने स्वभावका थिए । एनआरएनए युकेको नेपाली नागरिकता निरन्तर अभियानको संयोजकसमेत बनेका थिए कार्की ।