,

एनआरएनए यूके एकता अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

Gurkha Channel Avatar

लन्डन । यही मार्च २३ तारिख तय एनआरएनए यूके एकता अधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । एनआरएनए यूके एकता अधिवेशन निर्वाचन समितिले आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरी निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

सदस्य सचिव विश्वासदीप तिगेलाले घोषणा गरेको निर्वाचन तालिकाअनुसार सदस्य बन्ने अन्तिम समयसीमा १५ मार्च मध्यरातसम्म तोकिएको छ । मतदाता नामावली प्रकाशन १६ मार्च अपरान्ह ५ बजे हुनेछ भने सदस्यतामाथि दावी विरोधका लागि १७ मार्च ५ बजेसम्मको समय निर्धारण गरिएको छ । त्यस्तै, उम्मेदवारी दर्ता १९ मार्च ५ बजेसम्म तथा उम्मेदवारीउपर दावी विरोधको समयसीमा २० मार्च दिउसो एक बजेसम्म राखिएको छ ।

उम्मेदवारी फिर्ताका लागि २० मार्च दिउसो ३ बजेसम्म र अन्तिम उम्मेदवारहरुको नामावली प्रकाशन २० मार्च सांझ ७ बजेको समय तोकिएको समितिले जनाएको छ । २१ मार्च २०२५ दिउसो उम्मेदवारहरुका प्रतिवद्धता सार्वजनिक गरिने र २३ मार्चका दिन निर्वाचन, नतिजा घोषणा र शपथ हुने समितिले जनाएको छ ।

अधिवेशनले ३६ सदस्यीय राष्ट्रिय समन्वय परिषद गठन गर्नेछ । अध्यक्ष र आइसीसी पदको उम्मेदवारी दिन एकहजार पाउण्ड, उपाध्यक्ष र महासचिव उम्मेदवारका लागि ५०० पाउण्ड, सचिव, महिला सचिव र कोषाध्यक्ष पदका लागि ३०० पाउण्ड, सहकोषाध्यक्ष, महिला संयोजक, र युवा संयोजक उम्मेदवारले २०० पाउण्ड एवं १८ सदस्यहरुले उम्मेदवारी शुल्क १०० पाउण्ड निर्धारण गरिएको छ । भौतिक रुपमा उपस्थित भएर उम्मेदवारी र मतदान दिनुपर्ने समितिले जनाएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search