,

एनआरएनए यूकेले बुझायो प्रधानमन्त्री ओलीसमक्ष ६ बुँदे मागसहित ज्ञापनपत्र

Gurkha Channel Avatar

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके भूतपूर्व गोर्खा समस्या समाधानलगायत ६ बुँदे माग समेट्दै नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । 

एनआरएनए यूकेका अध्यक्ष हित काजी गुरुङले शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर ओलीलाई ज्ञापनपत्र बुझाएका हुन् । अध्यक्ष हित काजीले गैरआवासीय नेपालीहरूको हक, हित र अधिकार सुनिश्चित गर्नको लागि आफूले संघको तर्फबाट प्रधानमन्त्रीसमक्ष ज्ञापन बुझाएको बताए । 

उनका अनुसार ज्ञापनपत्रमा भूतपूर्व गोर्खा समस्या समाधान, गैरआवासीय नेपाली नागरिकता पूर्ण रूपमा कार्यान्वयन, एनआरएनलाई भिसा प्रावधान खारेज, विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूको व्यवस्थापन, दोहोरो कर हटाउन सम्झौता र सडक सुरक्षाका विषय समावेश छन् ।

Messenger_creation_84267127-73AD-4E8D-A492-DB44A804E74D-1738477947.jpeg

शनिबार नै तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङ नेतृत्वको टोलीले समेत प्रधानमन्त्रीलाई भेटेको छ । भेटमा तमु धीं यूकेले बेलायतमा आगामी २४ अगस्टमा आयोजना गर्ने नेपाली मेलामा उपस्थित भइदिन निम्ता समेत दिएको अध्यक्ष गुरुङले जनाएका छन् । 

यस्तो छ एनआरएनए यूकेको ज्ञापनपत्र   

Messenger_creation_2E5F23AF-D0D8-408B-84FB-0CC85043A70D-1738477974.jpeg
Messenger_creation_EDB48DF5-8310-4471-9C41-3DF28C0A68DE-1738478015.jpeg
Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search