,

एनआरएनए यूकेद्वारा विभिन्न विभाग गठन

Gurkha Channel Avatar

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले ०२५-०२७ कार्यकाल प्रभावकारी बनाउन विभिन्न विभाग गठन गरेको छ । संघको आइतबार आफनै कार्यालय फार्नबोरोमा सम्पन्न बैठकले १० वटा विभाग गठन गर्दै जिम्मेवारी तोकेको हो ।

अध्यक्ष प्रेम गाहामगरको अध्यक्षतामा भएको बैठकले च्यारिटी विभागको प्रमुख संयोजकमा उपाध्यक्ष अनिल मल्ल, गोर्खा विभाग प्रमुख संयोजकमा उपाध्यक्ष रिचर्ड गुरुङ र उपसंयोजकमा दीपक सुब्बा, विद्यार्थी विभागको प्रमुख संयोजकमा निशान पन्धक र उपसंयोजकमा दिवाराज राई, पब्लिक रिलेसन र सदस्यता विभागमा प्रमुख संयोजक उपाध्यक्ष धन तामाङ, हेल्थ विभागको प्रमुख संयोजकमा डा. ओसिन लिम्बु, उपसंयोजकमा शिमानी श्रेष्ठ, सुशासन तथा भष्टाचार निवारण (एन्टी करप्सन) विभागमा प्रमुख संयोजक कृष्णप्रसाद खतिवडा र उपसंयोजकमा एसके श्रेष्ठ, खेलकुद तथा सांस्कृतिक विभाग प्रमुख संयोजक झलक पुन, उपसंयोजकमा मेख गुरुङ (मेक्सी) र जानुका राई, सोसल मिडिया प्रमुख संयोजकमा गीता शाही केसी, महिला विभागमा प्रमुख संयोजक मणिकला राई गुरुङ र उपसंयोजकमा कल्पना कन्दङवा, विजनेश इन्टरप्रेनर प्रमुख संयोजक सुरेश केसी र उपसंयोजकहरुमा मणिकला राई र विजय गुरुङलाई जिम्मेवारी दिएको छ ।

बैठकले संघको प्रवक्तामा डा. कुलप्रसाद कंडेल र दुई मनोनित सदस्यहरुमा एसके श्रेष्ठ एवं गीता केसी शाहीलाई मनोनित गर्ने निर्णय गरेको छ । उक्त बैठकले जुलाईमा इंग्ल्याण्ड, स्कटल्याण्ड र नर्दन आयरल्याण्डमा राज्य समन्वय परिषद गठन गर्ने निर्णय पनि गरेको छ । संघले वंशजको नेपाली नागरिकता निरन्तरता अभियानलाई अझ सशक्त बनाउन बेलायतमा राष्ट्रिय तथा स्थानीय स्तरमा सचेतना कार्यक्रम गर्ने निर्णय गरेको छ । 

संघले वंशजको नेपाली नागरिकता कायम हुनुपर्ने मागसहित सर्वोच्चमा मुद्दा समेत दायर गरेको अवस्थामा अन्तरक्रियालाई प्राथमिकतामा राखेको हो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search