एनआरएनए यूकेको नयाँ कार्यसमितिका लागि ३६ जनाको उम्मेदवारी दर्ता

Gurkha Channel Avatar

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ कार्यसमितिका लागि ३६ जनाले उम्मेदवारी दर्ता गरेका छन् । 

संघका अध्यक्ष, उपाध्यक्ष, महासचिवलगायत विभिन्न ३६ पदका निमित्त १९ मार्च २०२५ का दिन ३६ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका सदस्यसचिव विश्वासदीप तिगेलाले एनआरएनए कार्यालयमा बुधबार बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म भएको मनोनयन दर्तामा ३६ जनाको उम्मेदवारी परेको र त्यसबाट १३ हजारभन्दा बढी पाउन्ड संकलन भएकोसमेत जानकारी दिए ।  

अध्यक्ष र आईसीसी पदको उम्मेदवारी दिन १ हजार पाउण्ड, उपाध्यक्ष र महासचिव उम्मेदवारका लागि ५०० पाउण्ड, सचिव, महिला सचिव र कोषाध्यक्ष पदका लागि ३०० पाउण्ड, सहकोषाध्यक्ष, महिला संयोजक र युवा संयोजक उम्मेदवारले २०० पाउण्ड एवं १८ सदस्यहरुले उम्मेदवारी शुल्क १०० पाउण्ड शुल्क तोकिएको थियो । 

एनआरएनए एनसीसी यूकेको यही मार्च २३ मा एकता अधिवेशन हुँदै छ । उक्त निर्वाचनका लागि भएको उम्मेदवारी दर्तामा २० मार्च दिउँसो १ बजेसम्म उम्मेदवारीउपर दावी/विरोधको समयसीमा दिइएको छ । उम्मेदवारी फिर्ताका लागि पनि बिहीबार २० मार्च दिउँसो ३ बजेसम्म र अन्तिम उम्मेदवारहरुको नामावली प्रकाशन २० मार्च साँझ ७ बजेको समय तोकिएको निर्वाचन समितिले जनाएको छ । 

२१ मार्च दिउँसो उम्मेदवारहरुका प्रतिबद्धता सार्वजनिक गरिने र २३ मार्चका दिन निर्वाचन, नतिजा घोषणा र शपथ हुने समितिले जनाएको छ । अधिवेशनले ३६ सदस्यीय एनआरएनए एनसीसी गठन गर्नेछ । 

निर्वाचन समितिको संयोजकमा डा. भिम पुन,सदस्यसचिव विश्वासदीप तिगेला, सदस्यहरुमा राजकुमार त्रिपाठी र टेकबहादुर थापा छन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search