काठमाडाैं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समिति महिला विभागको सहयोगमा बारबर्दिया नगर अस्पताललाई विभिन्न अस्पताल उपकरण र स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ।
आइतबार बारबर्दिया नगर अस्पतालमा आयोजित एक कार्यक्रमका बीच चार लाख रुपैयाँ मूल्य बराबरका बेबी वार्मर, बायोकेमेस्ट्री एनालाइजर, र टेस्ट किटहरू अस्पताललाई प्रदान गरिएको हो ।
समारोहमा बारबर्दिया नगरपालिकाका मेयर छविलाल थारुले अस्पताललाई ती उपकरणहरू हस्तान्तर गर्नुभयो । उहाँले गैरआवासीय नेपाली संघको महिला विभागको यो सहयोगले बारबर्दिया नगर अस्पतालको स्वास्थ्य सेवामा सुधार ल्याउने र स्थानीय समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नको लागि महत्वपूर्ण योगदान दिएको विश्वास व्यक्त गर्नुभयो ।
संघका तर्फबाट पूर्व कोषाध्यक्ष हिक्मत थापाले उक्त कार्यक्रममा उपस्थिति जनाउनुभयो । कार्यक्रममा नगर उपप्रमुख रत्नकुमारी पाण्डेय, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तिर्थ पौडेल, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपककुमार आचार्य लगायतको उपस्थिती रहेको थियो ।