,

एनआरएनएको सदस्यता लिएर एकता महाधिवेशन सफल पार्न एनआरएनए यूकेको आह्वान

Bimala Sene Avatar

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले एनआरएनएको सदस्यता लिएर आउँदो मे महिनामा काठमाडौँमा हुन गइरहेको  एकता महाधिवेशनलाई  सफल पार्न आह्वान गरेको छ।  

एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगरले विज्ञप्ति प्रकाशित गर्दै सर्वोच्च अदालतको २०८० चैट्ट २१ गतेको परमादेशअनुसार एनआरएनएको एकता महाधिवेशन गराउन  अख्तियार प्राप्त एनआरएनए उच्चस्तरीय समितिले सदस्यता वितरण खुला गरेकाले यथाशिघ्र सदस्यता लिन आग्रह गरेका हुन् । उच्चस्तरीय समितिको वेबसाइट  www.nrnahlc.com मा गएर एनआरएनएको सदस्य हुन योग्य गैर आवासीय नेपालीले सदस्यता नवीकरण वा नयाँ सदस्यता प्राप्तिका लागि आवेदन दिन पाउने छन् ।  सदस्यताका लागि आवेदन दिने मिति २८ फेब्रुअरी २०२५ सम्म तोकिएको छ, तर उच्चस्तरीय  समितिले आवश्यक ठानेमा आवेदन दिने मिति बढाउन सक्ने छ।   

आगामी  ३-५ मे, २०२५ मा काठमाडौँमा आयोजना गर्न लागिएको अन्तर्राष्ट्रिय महाधिवेशनमा नयाँ सदस्य वा नवीकरण गराएका सदस्यहरुले भाग लिन पाउने छन् । अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुन लाग्ने शुल्क उच्चस्तरीय समितिले तोकेबमोजिम हुनेछ । अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागी हुन इच्छुकहरुका लागि समितिले आउँदो १६ मार्चदेखि ३१ मार्च २०२५ सम्म दर्ता आवदेन खोल्नेछ । 

अध्यक्ष गाहामगरले यस पटक एनआरएनए यूकेको सदस्यता नि:शुल्क गरिएको जनाए । “गएको कैयौं वर्षदेखि आन्तरिक विवादमा अल्झिएको बेला सर्वोच्च अदालतको परमादेशले संस्थालाई एकजुट गर्ने अवसर प्रदान गरेको छ।  यो अवसरमा बेलायतमा बस्ने सबै एनआरएनले सदस्यता लिन सकुन् भन्ने उद्देश्यले हामीले सदस्यता नि:शुल्क गरेका छौं,” उनले भने।  उनले यथाशीघ्र उक्त वेबसाइटमा गएर आवश्यक कागजपत्र अपलोड गरी सदस्यताका लागि आवदेन दिन अनुरोध गरेका छन् । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search