,

एनआरएनएको एकता महाधिवेशन गर्न घिमिरेको नेतृत्वमा तीन सदस्यीय समिति गठन

Bimala Sene Avatar

काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउन गठित उच्चस्तरीय समितिले तीन सदस्यीय निर्वाचन आयोग गठन गरेको छ । 

सर्वोच्च अदालतको परमादेश अनुसार वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेको नेतृत्वमा निर्वाचन समिति गठन गरिएको हो । समितिको प्रमुख निर्वाचन आयुक्तमा घिमिरे, सेवानिवृत्त मेजर डमर घले र अधिवक्ता आशिष उप्रेती निर्वाचन आयुक्त रहेका छन् । 

नेपालको कानुनी क्षेत्रमा लामो अनुभव हासिल गर्नुभएका वरिष्ठ अधिवक्ता घिमिरे डेमोक्र्याटिक लयर्स एसोसिएसनका पूर्वअध्यक्ष छन् भने ब्रिटिस सेनाको ब्रिगेड अफ गोर्खाजका अवकाश प्राप्त मेजर घले एनआरएनए यूकेका पूर्वअध्यक्ष छन् । बेलायतमा बसोबास गर्ने उनले  हाल पोखरामा आफ्नै होटेल व्यवसाय संचालन गरिरहेका छन् । त्यस्तै अधिवक्ता उप्रेती युवा कानुन व्यवसायी हुन् ।    

‘लामो समयदेखि विवादमा अल्झिएको गैर आवासीय नेपाली संघलाई एकताबद्ध गरी महाधिवेशन गराउन सर्वोच्च अदालतको परमादेशअनुरुप परराष्ट्र मन्त्रालयसँग समन्वय गरी आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा एकताको महाधिवेशन गर्न लागिएको  हो ।  संस्थाको  लोकतान्त्रिकरण तथा सम्पूर्ण सदस्यहरुलाई अधिकारसम्पन्न गर्ने गरी निष्पक्ष र पारदर्शीरुपमा निर्वाचन सम्पन्न गराउन यो निर्वाचन समितिलाई सहयोग गर्न पनि हामी सम्पूर्ण मित्रहरुलाई आग्रह गर्दछौं,” उच्चस्तरीय समितिका अध्यक्ष डा शेष घलेले भने ।

समितिले एनआरएनएका सबै पंजीकृत सदस्यहरुले काठमाडौँमा उपस्थित भएर तोकिएको शुल्क तिरी प्रतिनिधि बन्न पाउने व्यवस्था पनि गरिएको जनाएको छ ।
 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search