काठमाडौँ । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अधिवेशन गराउनका लागि सहजीकरण गर्न सरकारले कर्मचारी तोकेको छ ।
परराष्ट्र मन्त्रालयले आइतबार कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव अरुणा जोशीलाई सरकारी तहबाट सहजीकरण गर्नका लागि जिम्मेवारी दिएको हो।
संघका पूर्वअध्यक्ष एवं उच्चस्तरीय समितिका संयोजक शेष घलेलाई मन्त्रालयले पत्र लेखेर सहजकर्ता तोकेको जानकारी गराएको हो । परराष्ट्र मन्त्रालयले मन्त्रीस्तरको निर्णयका आधारमा जोशीलाई तोकिएको हो ।
सर्वोच्च अदालतले गत चैत २१ मा संघका पूर्वअध्यक्ष घले नेतृत्वको उच्च स्तरीय समितिलाई निर्वाचन गराउने आदेश दिएको थियो ।
