,

एनआरएनएका पूर्वअध्यक्ष आचार्यको उपस्थितीमा बेलायतमा लाईन्स क्लबको सुरुवात

Bimala Sene Avatar

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष कुल आचार्यको उपस्थितीमा बेलायतमा लाईन्स क्लबको स्थापना भएको छ । नेपाली समुदायको एकता, सामाजिक सेवा र पहिचानलाई मजबुत बनाउन युकेको नेपाली समुदायमा दोश्रो क्लबको रुपमा ‘कोभेन्ट्री नेपालिज लायन्स क्लब’ स्थापना गरिएको हो । समाजसेवी व्यक्ति गोबिन्द सापकोटाको अध्यक्षतामा गठित क्लबमा २० जना सदस्य रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि लायन्सका युके डिस्ट्रिक्ट गभर्नर Lion Stu Young ले नयाँ क्लबलाई आधिकारिक प्रमाणपत्र प्रदान गर्दै लायन्स क्लबको ब्याज लगाइदिएर औपचारिक रुपमा स्वागत गर्नुभयो । उनले नेपालमा लायन्स क्लबले गरिरहेको उल्लेखनीय कार्यको प्रशंसा गर्दै नेपालमा लायन्स क्लबको सदस्यता उल्लेखनीय रूपमा वृद्धि भई विश्वकै शीर्ष स्थानमा पुगेको जानकारी दिनुभयो ।

त्यस्तै कार्यक्रमका विशेष अतिथि गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष कुल आचार्यले लाईन्स क्लबले नेपालमा पुण्यका काम गरिरहेको र यहाँ पनि सिक्नु पर्ने भन्दै नेपालीहरुले जहाँ भए पनि आफ्नो मातृभूमिलाई विर्सन नहुने बताउनु भयो ।साथै आचार्यले क्लबको सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो ।

स्वास्थ्य, शिक्षा, व्यवसाय, र सामाजिक सेवाका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने लक्ष्यसहित स्थापना गरिएको क्लबको उद्घाटन कार्यक्रम क्लबका सचिव रमेश खनालले संचालन गरेका थिए । कार्यक्रममा युकेका विभिन्न संघ सस्थाका प्रतिनिधिको व्यपक उपस्थिति रहेको थियो ।

कार्यक्रम समापन गर्दै अध्यक्ष गोबिन्द सापकोटाले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरेका थिए । साथै सापकोटाले अन्तर्राष्ट्रिय संघसँस्थासँग जोडिएर सेवा गर्ने अवसर जुटेकाले सबैको साथ मिल्ने आशा व्यत्त गरेका छन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search