,

एकता महाधिवेशनमा सक्रिय सहभागिताका लागि एनआरएनए यूकेको आग्रह

Gurkha Channel Avatar

लन्डन । गैर आवासीय नेपाली संघ बेलायतले आउँदो मे ३ देखि ५ तारिखसम्म काठमाडौंमा हुन लागेको एनआरएनए एकता महाधिवेशनमा सक्रिय सहभागिताका लागि आग्रह गरेको छ ।

एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर र महासचिव जुरेन्द्र खजुम लिम्बुद्वारा बुधबार जारी संयुक्त प्रेस विज्ञप्तिमा नेपालको सर्वोच्च अदालतको परमादेशअनुसार गठित गैरआवासीय नेपाली संघ उच्चस्तरीय समितिको संयोजनमा हुने एकता महाधिवेशनमा एनआरएनए यूकेका सम्पूर्ण सदस्यलाई सहभागिता जनाउन आग्रह गरिएको हो ।

विज्ञप्तिमा एनआरएनएको एमआइएस प्रणाली तथा वेवसाइटमा पहुँचका लागि विविध प्राविधिक सिमितता बाबजुद उच्च स्तरीय समितिको पोर्टलमार्फत सदस्यता दर्ता गराइसकेका सम्पूर्ण सदस्यलाई हार्दिक धन्यवाद पनि व्यक्त गरिएको छ ।

संघले एनआरएनए यूकेका सबै सदस्यहरुलाई एकतामा आधारित संघ निर्माणका लागि अग्रसर हुँदै काठमाडौं महाधिवेशनमा सक्रिय सहभागिताका लागि आह्वान गरेको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search