उपप्रधानमन्त्री प्रकाशमान सिंहले कुनै पूर्वाग्रहबिना राहत तथा पुनःस्थापना कार्यमा जुट्न सबैलाई आग्रह गर्नुभएको

Naresh Ale Avatar

उपप्रधानमन्त्री प्रकाशमान सिंहले कुनै पूर्वाग्रहबिना राहत तथा पुनःस्थापना कार्यमा जुट्न सबैलाई आग्रह गर्नुभएको छ। शनिबार साँखु बजारसहित विभिन्न ठाउँको स्थलगत अवलोकन गर्नाका साथै स्थानीय बासिन्दासँग अन्तक्र्रिया गर्दै उहाले अहिले तेरो मेरो भन्ने बेला नभएका सबैले सबैलाई सक्दो सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

सरकारले पनि भेदभावबिना सम्भव भएसम्मको साधन स्रोत परिचालन गरेर सबैलाई समान व्यवहार गरेको उहाँले जिकिर गर्नुभयो। स्थानीय विकासमन्त्री सिंहले स्थानीय विकास नमुना नगरपालिकाका रुपमा विकास गर्ने योजना बनाएको ठाउँ नै अहिले क्षतविक्षत भएको देख्दा आफूलाई निकै दुःख लागेको बताउँदै साँखुलाई नमुना नगरपालिकाका रुपमा विकास गर्ने योजनालाई पुनःनिर्माणको योजनामा पार्ने आश्वासन दिनुभयो। स्थानीय बासिन्दाले जस्तापाता किन्नका लागि सरकारले दिने भनेको राहत रकम चाँडो उपलब्ध गराउन र पुनःनिर्माणको काम चाँडो थाल्न उपप्रधानमन्त्री सिंहलाई आग्रह गरेका थिए।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search