राहत र उद्दारमा सक्रिय रहेको ईस्लामिक संघ नेपालले सरकारको अस्थायी बसोबास र पुर्न्निर्माणमा पनि सघाउने भएको छ। संघले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर सो कुराको घोषणा गरेको हो । पत्रकार सम्मेलनमा संघका भुकम्प पीडित राहत वितरण कार्यक्रमका संयोजक डा. मोअज्जम अन्सारीले एकसाताभित्रमा राहत वितरणको कार्यक्रम समाप्त हुने र
त्यसपछि दोस्रो चरणमा संघले अस्थायी बसोबासको लागि टेन्ट र त्रिपाल ब्यवस्था गर्ने जानकारी दिदै सरकारले पुर्न्निर्माणको मोडल आएपछि त्यसमा समेत आफूहरुले सघाउने बताउनुभयो।
उहाले अहिलेसम्म १२ जिल्लाका ३१ हजार परिवारलाई खाद्यान्न, ८ हजार परिवारलाई त्रिपाल र १५ हजार परिवारलाई ब्लाङकेट वितरण गरिएको जानकारी दिदै पुर्न्निर्माणमा सरकारसँग कुनै एक जिल्ला लिएर त्यसको पुर्न्निर्माणको जिम्मा लिने बताउनुभयो। अन्सारीले गल्फ, यूरोप र उत्तर अमेरिका र दक्षिण अमेरिकी एनजीओ र आईएनजीओहरुको सहयोगमा आफूहरुले राहत वितरण गरेको र पुर्नबास र पुर्न्निर्माणको लागि पनि उनीहरुसँगको समन्वयमा काम गर्ने योजना तयार भईरहेको जानकारी दिनुभयो।
d.getElementsByTagName(‘head’)[0].appendChild(s);