, ,

इसराइल र लेबननबीच युद्धबिरामको सहमति

Bimala Sene Avatar

एजेन्सी । इसराइल र लेबननबीच युद्धबिरामको सहमति भएको छ । मंगलबार राति लेबननमा युद्धबिराम गर्ने प्रस्तावलाई इसराइलको सुरक्षा क्याबिनेटले पारित गरेको हो ।

योसँगै दुई महिनादेखि भएको इसराइल र हिजबुल्लाहबीचको युद्ध रोकिएको छ।  इसराइलले बुधबार बिहान स्थानीय समयअनुसार ४ बजेदेखि युद्धबिरामको सहमति कार्यान्वयन हुने भनेको समाचार संस्था सिएनएनले जनाएको छ ।

यद्यपि इसरलाइले मंगलबार नै लेबननको राजधानी बेरूतनजिक दक्षिणी क्षेत्रलाई निशाना बनाएर बमबारी गरेको थियो। मंगलबारको बमबारीलाई  युद्ध सुरू भएयताकै सबैभन्दा भारी बमबारी भनिएको सिएनएनले उल्लेख गरेको। बेरूत नजिक २ मिनेटमा २० पटक विस्फोट गराइएको थियो । आक्रमणमा परी कम्तिमा २५ जनाको मृत्यु भएको भनिएको छ। सोमबार एकैदिन ५५ जनाको मृत्यु भएको थियो।

इसराइल र हिजबुल्लाहबीचको युद्धको दुई महिनाको अवधिमा लेबननमा हजारौंले ज्यान गुमाएका छन् । गत असोजको सुरूवातमा इसराइलले लेबननमा पेजर विस्फोट गराएको थियो। हिजबुल्लाहले त्यसको जबाफमा इसराइलमा हवाई आक्रमण गरेको थियो। त्यसयता इसराइली आक्रमणमा परी हिजबुल्लाहका कमाण्डरहरूसमेत मारिएका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले लेबननमा युद्धविरामको पहल गरेका थिए। युद्धबिरामको सहमतिपछि इसराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले राष्ट्रपति बाइडेनलाई फोन गरी धन्यवाद भनेको सिएनएनको समाचारमा उल्लेख छ।

युद्धबिरामपछि इसराइली सेनाहरू लेबननबाट फिर्ता हुनेछन्।  

लेबननबाट इसराइली सेनालाई फर्काउन ६० दिनको समय दिइएको छ। 

युद्धविरामको सहमतिपछि इसराइली प्रधानमन्त्री नेतन्याहुले हिजबुल्लाहसँग युद्धविराम गर्नुका पछाडि विशेष कारण रहेको बताए।

उनले अहिले इरानसँगको युद्धमा विशेष ध्यान दिनुपर्ने भएका कारण लेबननमा युद्धविराम गरिएको बताएका छन्।

‘इरानी खतरामा ध्यान केन्द्रित गर्न, इसराइली सैनिकलाई आराम दिन र हमासमाथि दबाब बढाउन लेबननमा युद्धविराम गरेका हौं,’ नेतन्याहुले भनेका छन्।

लेबननका प्रधानमन्त्री नजिब मिकटीले युद्धविरामको सहमतिको स्वागत गर्दै अमेरिकी राष्ट्रपति बाइडेनलाई धन्यवाद भनेका छन्।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search