एजेन्सी : जापानको सत्तारूढ पार्टीले पूर्व रक्षामन्त्री शिगेरु इशिबालाई शुक्रवार आफ्ना नेता चुनेको छ। उनले आगामी साता जापानी प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।
सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)मा मतदान हुँदा इशिबा पार्टीको नयाँ नेता बनेका हुन्। पार्टीको उक्त चुनावमा २ महिलासहित ९ जना उम्मेदवार थिए।
वर्तमान प्रधानमन्त्री फुमियो किशिदा भ्रष्टाचारको आरोपमा मुछिएपछि पार्टीले नयाँ नेता छानेको हो। एनएचके टेलिभिजनको शुरुवाती अनुमानमा इशिबा सबैभन्दा अघि थिए। प्रधानमन्त्री किशिदाले मंगलवार राजीनामा दिँदै छन्।