इरान : बन्दरगाह विस्फोटमा ज्यान गुमाउनेकाे सङ्ख्या २८ पुग्याे

Bimala Sene Avatar

एजेन्सी । इरानको सबैभन्दा ठूलो व्यापारिक बन्दरगाहमा विस्फोट हुँदा ज्यान गुमाउनेकाे सङ्ख्या कम्तीमा २५ पुगेकाे छ । दक्षिणी इरानको शाहिद रजाई बन्दरगाह, बन्दर अब्बास नजिकै हिजो विस्फोट भएको हो ।

विस्फोटमा ८ सय जना घाइते भएका छन् भने आगो अझै लागिरहेको विभिन्न सरकारी सञ्चारमाध्यमले जनाएका छन् । स्थानीय बासिन्दाहरूले विस्फोटको असर ५० किलोमिटर टाढासम्म महसूस भएको बताएका छन् ।

सरकारी सञ्चारमाध्यमका अनुसार अझै ६ जना बेपत्ता छन् । बीबीसीले प्रमाणित गरेका भिडियोहरूमा आगो बढ्दै गएर ठूलो विस्फोट भएको देखिन्छ, जसपछि मानिसहरू डराएर भागिरहेका र कतिपय घाइते अवस्थामा धूँवाले ढाकिएको र सडकमा लडिरहेका छन् ।

बन्दरगाहको भन्सार कार्यालयले टेलिभिजनद्वारा प्रसारित विज्ञप्तिमा विस्फोट सम्भवतः खतरनाक र रासायनिक सामग्री भण्डारण डिपोमा लागेको आगोबाट भएको बताएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search