, ,

इजरायलले लेबनानको बेरुतमा आक्रमण गर्दा ५९ जनाको ज्यान गयो

Bimala Sene Avatar

एजेन्सी । इजरायली सेनाले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरमा आज पुनः आक्रमण गर्दा ५९ जनाको ज्यान गएको छ । एक सय ८२ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । इजरायली सेनाले निकासी आदेश जारी गरेको केही समय पछि नै आक्रमण भएको हो ।

आक्रमणको केही समयअघि, इजरायली सेनाका प्रवक्ता अविचाय अद्राईले सामाजिक सञ्जाल एक्सको पोष्टमा त्यो ठाउँ खाली गर्न आह्वान गर्नुभएको थियो । इजरायलले हिजबुल्लाहको गढ रहेको सहरको दक्षिणी उपनगरहरूमा गएको मङ्गलवारदेखि निरन्तर आक्रमण गरिरहेको एएफपीको खबरमा उल्लेख छ ।

लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले तीनवटा हवाई आक्रमण गरेको र हारेट ह्रीक नजिकै भएको आक्रमणले त्यस क्षेत्रका भवनहरू ध्वस्त पारेको जनाएको छ । पछिल्लो समय दक्षिण बारम्बारको इजरायली हवाई आक्रमणले बेरुतबाट मानिसहरु विस्थापित भइरहेका छन् ।

यसैगरी हिजबुल्लाहले पनि उत्तरी इजरायलमा सेनाको मुख्यालयलाई लक्षित गरी दुईवटा रकेट आक्रमण गरेको दाबी गरेको छ । गत सेप्टेम्बर–२३ देखि, इजरायलले लेबनानमा हवाई आक्रमण बढाएको छ भने हिजबुल्लाहले स्थलगत सेना तैथान गरेको छ । गएको वर्षको अक्टोबरमा हिजबुल्लाह र इजरायलबीच आक्रमण शुरु भएदेखि तीन हजार चार सय ४० जनाभन्दा बढी मानिसहरूको ज्यान गएको बीबीसीले जनाएको छ ।  

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search