इजरायलले थाल्यो लेबनानमा स्थल आक्रमण, एकलाख सेना परिचालन

Bimala Sene Avatar

काठमाडौं : इजरायलले लेबनानको हिजबुल्लाह समूहविरुद्ध स्थलगत आक्रमण सुरु गरेको छ। 

यसका लागि इजरायल डिफेन्स फोर्सेज आईडीएफको कम्तीमा १८ वटा ब्रिगेड दक्षिणी लेबनानको सीमा क्षेत्रतर्फ अघि बढेका छन्। यसअघि इजरायलले लेबनानको राजधानी बेरुतसहित दर्जनौँ स्थानमा हवाई आक्रमण गरेको थियो। जसमा हिजबुल्लाह समूहका प्रमुखसहित ७ सय बढी मानिस मारिएका छन्। 

अल जजिरामा प्रकाशित एक विश्लेषणअनुसार आईडीएफले ७० हजारदेखि १ लाख सैनिक लेबनानको दक्षिणी सीमामा परिचालन गर्दैछ। इजरायली सेनाले सीमा क्षेत्रमा हिजबुल्लाहले बनाएका रकेट लञ्चर तथा अन्य भौतिक संरचना ध्वस्त पार्ने तयारी गरेको छ। 

इजरायली सेनाले हिजबुल्हाका झण्डै ७० प्रतिशत यस्ता संरचना ध्वस्त पारिसकेको जनाएको छ। तर गत वर्षको अक्टोबर ७ मा गाजाको सीमा क्षेत्रमा प्रवेश गरेर हमासले जस्तो आक्रमण हुन सक्ने आशंकामा सीमा क्षेत्रका लेबनानी संरचना ध्वस्त पार्ने उद्देश्य इजरायलको छ। 

यसैबीच अमेरिकाले इजरायलको आत्मरक्षाको अधिकारको समर्थन गर्ने बताएको छ। इजरायली रक्षामन्त्री लोयड अस्टिनले आफूले इजरायली समकक्षीसँग कुराकानी गरेको र आत्मरक्षाको सम्मान गर्ने प्रतिबद्धता जनाएको सामाजिक सञ्जाल एक्समा उल्लेख गनरेका छन्। 

यसअघि अमेरिकाले लेबनानमाथि आक्रमण सुरु गरेको इजरायललाई युद्धविरामका लागि आह्वान गरेको थियो। तर इजरायल भने युद्धविरामको कुनै पनि प्रस्ताव स्वीकार नगरी हिजबुल्लाहविरुद्धको आक्रमणमा होमिएको हो।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search