इजराइलको मिसाइल आक्रमणमा हिजबुल्लाहका कमाण्डरसहित ३१ जना मारिए

Bimala Sene Avatar

एजेन्सी । लेबननमा इसराइलले गरेको मिसाइल आक्रमणमा हिजबुल्लाहका कमान्डरसहित ३१ जना मारिएका छन्।

शुक्रबार बेरूतको दक्षिणी क्षेत्रमा ठूला ठूला भवनहरू रहेको इलाकामा इसराइलले मिसाइल आक्रमण गर्दा मृत्यु हुनेको संख्या ३१ पुगेको अन्तर्राष्ट्रिय समाचारसंस्थाहरूले जनाएका छन्।

आक्रमणमा हिजबुल्लाहका कमान्डर अकिब इब्राहिम अकिल पनि मारिएको लेबननको स्वास्थ्य मन्त्रालयले जनाएको छ। उनी हिजबुल्लाहको एलिट युनिटका कमाण्डर थिए।

अमेरिकाले गत वर्ष मात्रै अकिलको विषयमा जानकारी दिनेलाई ७ मिलियन डलर दिने घोषणा गरेको थियो। ६३ जनाको मृत्यु हुनेगरी सन् १९८३ मा अमेरिकी राजदूतावासमा भएको आक्रमणमा अकिलको संलग्नता रहेको अमेरिकाको बुझाई छ। त्यस्तै बेरूतको मरिन ब्यारेकमा २४१ अमेरिकीको ज्यान जानेगरी भएको विस्फोटमा पनि अमेरिकाले अकिललाई दोषी ठहर गरेको छ।  

हिजबुल्लाहले उक्त आक्रमणमा आफ्ना १६ लडाकु मारिएको पुष्टी गरेको समाचार संस्था सिएनएनले उल्लेख गरेको छ।

इसराइली आक्रमणमा तीन बालबालिका र सात जना महिला तथा तीन जना सिरियाका नागरिक मारिएको बताइएको छ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search