आइसिसी यु–१९ विश्वकप : नेपालको विजयी सुरुवात

Bimala Sene Avatar

काठमाडौँ । नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोट क्रिकेटमा विजयी सुरुवात गरेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा आइतबार भएको खेलमा नेपाले संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच रनले हरायो । वर्षाले प्रभाविक खेलमा नेपालले यूएईलाई डकवर्थ–लुइस (डिएलएस मेथोड)का आधारमा हराएको हो । 

४० ओभरमा खेलाइएको खेलमा जितका लागि नेपालले दिएको दुई सय एक रनको लक्ष्य पछ्याएको संयुक्त अरब इमिरेट्स (यूएई) ले ३६ ओभरमा सात विकेटको क्षतिमा एक सय ७१ रन बनाउँदा वर्षाले खेल रोकिएको थियो । त्यसपछि वर्षा र अप्रयाप्त प्रकाशको कारण खेल फेरि हुन नसक्दा नेपाल डिएलएसका आधारमा विजयी बनेको हो ।

यूएईका यायिन किरण राईले अविजित एक सय चार रन बनाउनुभएको थियो । यस्तै मुहम्मद रायन खानले ३५ र करण धिमन १५ रन बनाउनुभयो । बलिङमा नेपालका अशोक धामी र सन्तोषकुमार यादवले दुई दुई तथा अभिषेक तियारी र नरेन भट्टले एक एक विकेट लिनुभयो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search