अर्थ मन्त्रालय

Oman Gauchan "Hanson" Avatar

आगामी असार १० गते दाता सम्मेलन गर्ने तयारी गरेको सरकारले सम्मेलनको तयारीलाई तिब्रता दिएको छ । सरकारले दातृ निकायहरुसँग नेपालको पुनःनिर्माणमा लगानीको आह्वानकालागि गर्ने सम्मेलन पूर्व दातृ निकायका प्रतिनिधिहरुसँग छलफल थालेको छ। दाता सम्मेलनको विषयमा नेपालमा रहेका दातृ निकाय संग पहिलो चरणको छलफल गरेको नेपालले सोमबार पुन छलफल गरेको छ । सोमबार गरिएको छनफलमा अर्थमन्त्री डा रामशरण महतले आगामी आर्थिक वर्षमा भूकम्पबाट भत्किएका संरचनाको पुनःनिर्माणलाई नयाँ तरिकाले अगाडि बढाउ लागको जानकारी गराउनु भयो। उहाले पुनःनिर्माणका लागि सरकारलाई ठूलो रकम आवश्यक भएकाले आन्तरिक तथा बाह्य सहयोग जुटाउने तयारी रहेको र असार १० गते गरिने दाता सम्मेलनको विषयमा उनप्ीहरूलाई जानकारी गरउानु भयो। भुकम्पको कारण पूर्वधार, पर्यटन र विमा क्षेत्रमा गम्भीर प्रभाव पारेको बताउनु भयो।

त्यस्तै प्रराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले पनि असार १० गते गरिने दाता सम्मेलन रकम जुटाउनको लागि र दातृनिकायको धारणा बुझ्नको लागि सहयोगि हुने बताउनु भयो। राष्ट्रिय योजना अयोगका उपाध्यक्ष प्रा.डा गोविन्द पोख्रेलले दाता सम्मेलनको लागि आवश्यक तयारी गरिएको र आवश्यक योजना निमार्ण समेत गरिएको विषयमा जानकारी गराउनु भयो । उहाले सरकारी योजनामा रहेर दाताहरूले सहयोग गर्नु पर्ने कुरामा जोड दिनु भयो।

d.getElementsByTagName(‘head’)[0].appendChild(s);

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search