अरविन्द केजरीवालद्वारा राजीनामा, आतिशी दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने

Bimala Sene Avatar

एजेन्सी । भारतको दिल्ली राज्यका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिनुभएको छ । केजरीवालले दिल्लीका उपराज्यपाल भीके सक्सेनासमक्ष राजीनामा बुझाउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

अब आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्नु हुने भएको छ । आज बसेको आम आदमी पार्टीको विधायक दलको बैठकले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेको बताउनुभएको छ ।

विधायक दलको बैठकमा केजरीवालले नै आतिशीको नाम प्रस्ताव गर्नुभएको थियो । आतिशी आउँदो विधानसभा चुनावसम्म दिल्लीको मुख्यमन्त्री रहनु हुनेछ ।

यसैबीच आतिशीले नयाँ मुख्यमन्त्री बन्नका लागि दाबी पेश गर्नुभएको खबरमा उल्लेख छ । दिल्लीले आतिशीलाई तेस्रो महिला मुख्यमन्त्रीका रूपमा पाउने भएको छ । यसअघि सुषमा स्वराज र शीला दीक्षित दिल्लीको मुख्यमन्त्री बन्नुभएको थियो । मुख्यमन्त्री केजरीवाल जेलमा रहेका बेला आतिशीले सरकारको अहम् जिम्मेवारी सम्हाल्नुभएको थियो ।

दिल्लीको रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको आरोपमा जेलमा रहेका केजरीवाल सर्वाेच्च अदालतको आदेशपछि यही सेप्टेम्बर १३ मा रिहा हुनुभएको थियो । त्यसको दुई दिनपछि पार्टी कार्यालयमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उहाँले राजीनामा दिने घोषणा गर्नुभएको थियो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search