,

अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको निधन

Bimala Sene Avatar

एजेन्सी । अमेरिकी पूर्व राष्ट्रपति जिमी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ।  कार्टर फाउन्डेसनले जनाए अनुसार हिजो साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा उहाँको निधन भएको हो।

सन् १९७७ देखि १९८१सम्म राष्ट्रपति हुनुभएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन्। राजनीतिमा प्रवेश गर्नु अघि उहाँ सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट हुनुहुन्थ्यो। 

यसअघि उहाँकी श्रीमती रोसलायन कार्टरको सन् २०२३ नोभेम्बरमा ९६ वर्षको उमेरमा निधन भएको थियो। अमेरिकी इतिहासमा सबैभन्दा लामो समयको जोडीको रूपमा समेत उनीहरूको कीर्तिमान थियो। उनीहरू ७५ वर्ष एकै साथ रहेका थिए।

गत वर्ष छालाको क्यान्सर भएपछि उहाँ घरमा आराम गरिरहनुभएको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्। 

अमेरिकी राष्ट्रपति जो बाइडनले उहाँको निधनपछि शोक वक्तव्य जारी गर्दै प्रिय साथी तथा असाधारण नेता भएको बताउनुभएको छ।

यसैगरी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले पनि अमेरिकाका एक असाधारण नेताको रूपमा कार्टरलाई सबैले सम्झने उल्लेख गर्नुभएको छ।

अमेरिकी पूर्व राष्ट्रपति बिल क्लिन्टन र उपराष्ट्रपति कमला ह्यारिसले पनि उहाँको निधनमा शोक व्यक्त गरेका छन्।

बेलायती राजा र्चाल्सले उहाँको निधनमा शोक व्यक्त जारी गर्दै अमेरिका संसारकै सबै भन्दा राम्रो स्थान हुनुमा कार्टरको योगदान रहेको चर्चा गरेका छन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search