,

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प माथि फेरि हत्या प्रयास

Bimala Sene Avatar

काठमाडौं- अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प माथि फेरि हत्या प्रयास गरिएको छ । फ्लोरिडा गल्फ कोर्समा ट्रम्प माथि गोली हान्ने प्रयास गरिरहेका बन्दुकधारीलाई पक्राउ गरी हिरासतमा राखिएको छ ।

ट्रम्पको हत्या प्रयास भएको अमेरिकी अधिकारीहरुले पनि पुष्टि गरेका छन् । गल्फ कोर्सको झाडीमा लुकेर गोली हान्न लागेका व्यक्तिलाई अमेरिकी गुप्तचर सेवाका एजेन्टहरुले देखेर ती व्यक्ति माथि नै गोली हानिएको अधिकारहरुले बताएका छन् ।

गोली हान्ने प्रयास भइरहेका बेला ट्रम्प घटनास्थलबाट २ सय ७५ देखि ४ सय ५५ मिटर टाढा रहेको एफबिआईले जनाएको छ । घटनास्थलबाट AK47 शैलीको बन्दुक, दुई वटा झोला र गोप्रो क्यामेरा फेला परेको छ ।

यसअघि पनि चुनावी प्रचारका क्रममा पेन्सलभेनिया राज्यमा ट्रम्प माथि गोली प्रहार गरिएको थियो । गुप्तचर सेवाका एजेन्टले सन्दिग्ध व्यक्तिलाई धेरै पटक गोली हानेको र ती व्यक्ति झारीबाट भागेर कालो निसान कारमा बसेको प्रत्यक्षदर्शीले बताएका छन् ।

ट्रम्पले आफू सुरक्षित रहेको बताउनु भएको छ । हिंसाका लागि कुनै ठाउँ नभएको भन्दै ट्रम्प सुरक्षित रहेकोमा राष्ट्रपतिकी डेमोक्र्याटिक उम्मेद्वार कमला ह्यारिस र उपराष्ट्रपतिका उम्मेदवार टिम वाल्चले बताएका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search