,

अमेरिकाले नेपाललाई २ अर्ब ८० करोड रुपैयाँ सहयोग गर्ने

Bimala Sene Avatar

काठमाण्डाै । नेपाली किसानहरू लाभान्वित हुने गरी संयुक्त राज्य अमेरिकाले दुई वटा योजना र सहयोग रकमको घोषणा गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि २१ मिलियन अमेरिकी डलर अर्थात् दुई अर्ब ८० करोड रुपैयाँ बराबरको यूएसएआईडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाको आज घोषणा संयुक्त घोषणा गरेका छन् ।

कार्यक्रममा अमेरिकी सरकारको नयाँ पाँच वर्षीय विश्वव्यापी खाद्य सुरक्षा रणनीतिअन्तर्गत नेपालका लागि पनि योजना उद्घाटन गरिएको छ । यूएसएआईडी एग्रिकल्चरल डाइरेक्ट फाइनान्सिङ परियोजनाले सङ्घीय, प्रदेश र पालिकामार्फत लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा कृषि विकास कार्यक्रमहरूको योजना र कार्यान्वयनलाई जोड दिनेछ । परियोजनाले ६९ हजार वटा घरधुरीलाई ५३ हजार हेक्टर क्षेत्रफलमा उत्पादन वृद्धि गर्न नयाँ प्रविधि र कृषि अभ्यासहरू अपनाउन सहयोग गर्नेछ ।

यस्तै विश्वव्यापी खाद्य सुरक्षा रणनीतिअन्तर्गत नेपालको योजना २०२४–२०२८ गरिबी, भोकमरी र कुपोषणलाई दिगो रूपमा घटाउनका लागि कृषि र खाद्य प्रणालीको रूपान्तरण गर्न लक्षित छ । यसअन्तर्गत तराई र पहाडका २६ वटा जिल्ला समावेश हुनेछन् ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले नेपाल र संयुक्त राज्य अमेरिकाबीचको दीर्घकालीन साझेदारीका लागि आजको उद्घाटन कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयाे । मन्त्री अधिकारीले खाद्य सुरक्षालाई अगाडि बढाउन र दिगो विकास प्रवर्द्धन गर्न दुवै सरकारको संयुक्त प्रयासलाई जोड दिँदै सहकार्यप्रति नेपाल प्रतिबद्ध रहेको जानकारी दिनुभयो ।

सन् २०११ देखि चलिरहेको अमेरिकी सरकारको फिड द फ्युचर कार्यक्रमले आठ लाखभन्दा धेरै नेपालीलाई कृषि उत्पादकत्वमा वृद्धि, व्यवसाय प्रवर्द्धन र पोषणमा सुधारका लागि २४ अर्ब रुपैयाँभन्दा धेरै सहयोग गरिसकेको छ । यी पहलहरूले गर्दा कार्यक्रम सञ्चालन भएको जिल्लामा गरिबीमा ७१ प्रतिशत र बालबालिकामा हुने कुपोषणमा ३९ प्रतिशतले कमी आएको अमेरिकाको दाबी छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search