अमेरिकामा ३ दिनमै ३५ सय गिरफ्तार‚ समातिने डरले घरबाहिर निस्किनै छाडे आप्रवासी

Bimala Sene Avatar

वासिङटन : ट्रम्प प्रशासनले अमेरिकामा पक्राउ अभियानलाई तीव्र बनाएसँगै न्यूयोर्क, शिकागो, वासिङटन‚ डेनभर र लस एन्जलस जस्ता शहरमा आप्रवासीहरू घर बाहिर निस्कन छोडेका छन्।

कैयौँ व्यक्तिले पक्राउ पर्ने डरले आफूहरू काममा जान छोडेको बताएका छन्। कतिपयले आफ्ना बालबालिकालाई स्कूल पठाउन बन्द गरेका छन्। वाइट हाउसले भने अपराधीलाई पक्राउ गर्ने प्राथमिकता रहेको बताए पनि अमेरिकामा बसेका आप्रवासीहरूले सुरक्षित महसुस गरेका छैनन्।

ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि यो तीन दिनमा नै ३ हजार ५ सय गैरकानूनी आप्रवासी पक्राउ परेका छन्। बीबीसीले अमेरिकी गृह मन्त्रालयलाई उद्धृत गर्दै लेखेको छ- आइतवार १ हजार १७९ जना‚ सोमवार ९६९ जना र मंगलवार १ हजारभन्दा बढी पक्राउ परेका छन्।

सन् २०२४ मा बाइडन सरकारले ३१० जनालाई मात्रै पक्राउ गरेको थियो। गृहका अधिकारीले यो पक्राउलाई ‘लक्षित अभियान’ बताएका छन्‚ जसमा उनीहरूले हिंस्रक गिरोहका सदस्य र खतरनाक संदिग्धलाई पक्राउ गर्ने अभियान रहेको बताएका छन्।

वाइट हाउसले गिरफ्तार गर्न चाहेका व्यक्तिका बारेमा केही सूचना सार्वजनिक गरेको छ। सूचनामा सन्दिग्धका तस्वीर‚ मूल देश र अपराधको विवरण दिइएको छ। यौन अपराध, आक्रमण र लागुपदार्थ कारोबारमा जोडिएका व्यक्तिलाई बढी  लक्षित गरिएको छ। वाइट हाउसले यो अभियानमा पक्राउ परेका गैरकानूनी आप्रवासी अपराधी होस् वा नहओस् उसलाई देशनिकाला गरिने स्पष्ट पारेको छ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search