न्यूयोर्क । अमेरिकामा रहेका लिम्बु समुदायले चासोक तङ्नाम (उधौली) चाड विविध कार्यक्रम गरि मनाएको छ । किरात याक्थुङ चुम्लुङ अमेरिकाको आयोजनामा २२ डिसेम्बर २०२४ का दिन न्युयोर्क सहरस्थित शेर्पा किदुकको हलमा भब्यताका साथ चासोक तङ्नाम मनाइएको हो ।
अधिवक्ता तथा किरात याक्थुङ् चुम्लुङ् अमेरिकाका कानुनी सल्लाहकार दुर्गा सुब्बा मेन्यङ्बोको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा कोलम्बिया युनिभर्सिटी अमेरिकाका प्रोफेसर डा.प्रेम फ्याक, कियाचु अमेरिकाका तुम्यहाङहरु मदन सम्बहाम्फे, केशर माङ्देन, प्रेम मेन्यङ्बो, पुस्पलता थाम्सुहाङ्, बिमला पोमु र कर्ण योङ्हाङको विशेष आतिथ्यता रहेको थियो ।
कियाचु अमेरिकाका अध्यक्ष दिपक थेबेको अध्यक्षतामा भएको चासोक तङ्नाम विशेष कार्यक्रममा याक्थुङ लिम्बुका सन्तानका रुपमा जन्म लिई आ–आफ्नो विशिष्ट कर्म, त्याग, तपस्या, बलिदान र योगदानले नेपालको राष्ट्रिय विभुतिको रुपमा रहनु भएका विभुतिहरुको तस्विरमा माल्यार्पण र चासोक् पूजा गरिएको थियाे ।
कार्यक्रमा कियाचु अमेरिकाका विभिन्न तहमा रहेका चुम्लुङ प्रति विशिष्ट योग्दान पु¥याए वापत पुस्पलता थाम्सुहाङ्, सरस्वती कन्दङ्वा, ममता सुब्बा लाबुङ्, पूर्ण खिम्दिङ्, केबी थेवे, सुबास हुक्पा चोङ्बाङ्, बिष्णु चोङ्बाङ्, पुरन लिम्बु, गजेन चेम्जोङ्, लीला सिङ्गक, बिमल चेम्जोङ, प्रेम मेङ्याङ्बो, सिभ लाबुङ, भिमा देवान, भिम मादेम्बा, कुबेर वनेम, बिरन्द्रहाङ लाबुङ, रिना थाम्सुहाङ् , बिजेता थेवे, रुपा याक्खा, प्राची लिम्बु, निर्मला कन्दङ्वा हुक्पा चोङ्बाङ्, शसिकला मोक्तान, रिन्जी डोल्मा शेर्पा, नवाङ शेर्पा, एलिसा लिम्बुलाई सम्मान पत्र प्रदान गरि अभिनन्दन गरिएको थियो ।
त्यसैगरि चासोक तङ्नाम विशेष कार्यक्रममा संस्थाका संस्कार संस्कृति विभाग संयोजक कुवेर वनेम एवं कियाचु अमेरिकाका तुम्याहाङ प्रेम मेङ्याङबोको नेतृत्वमा रुपा याक्खा, लिला सिङ्गक, धन योङ्हाङ्, पुस्पलता थाम्सुहाङ् र सुबास चोङ्बाङ् र सरस्वती कन्दङ्वा, बिष्णु चोङ्बाङ, सुर्य लिङ्देनलगायतको सहयोगमा याक्थुङ लिम्बु समुदायको मौलिक नाच केलाङ (च्याब्रुङ नाच) यालाङ (धान नाच) र हाक्पारे, तथा रैथाने ख्याली प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा ममता सुब्बा लाबुङ, भिमा देवान, गायक भिम मादेम्बा, प्राची लिम्बु बिसुङ्खे, रेमोस अधिकारी, राम सोदेम्बा र बिरेन्द्रहाङ लाबुङ लगायतले नृत्य एवं गायन प्रस्तुती राखेका थिए ।
तस्विरहरू





