,

अमेरिकाद्वारा सबै विदेशी सहायता बन्द

Bimala Sene Avatar

वासिङटन :  संयुक्त राज्य अमेरिकाले विश्वका विभिन्न देशहरूलाई दिँदै आएको सबै सहायता बन्द गर्ने भएको छ।

समाचार संस्था एएफपीका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले इजरायल र इजिप्टका लागि खाद्य र सैन्य सहायता भने जारी राख्ने जनाएको छ। ट्रम्पले राष्ट्रपतिको शपथ लिएसँगै अमेरिकाले यस्तो कदम उठाएको हो।

अमेरिकी विदेश मन्त्रालयको यो आदेशले गरिब देशहरूलाई दिइँदै आएको स्वास्थ्य सहायता पनि तत्कालका लागि रोकिएको छ। अमेरिकी सरकारको यो आदेशपछि विश्वभर स्वास्थ्य, शिक्षा, विकास र रोजगारीसँग सम्बन्धित धेरै परियोजना बन्द हुने खतरा बढेको छ।

विदेशमन्त्री मार्को रुबियोले नयाँ अनुदान वा विस्तार गर्ने समीक्षा र अनुमोदन नहुँदासम्म नयाँ खाले सहायता र साविकका सहायताका लागि सहयोग नगरिने बताएको उल्लेख छ।

ट्रम्प सरकारको यो निर्णयले सबैभन्दा बढी प्रभाव युक्रेनमा पर्ने देखिएको छ। न्यूयोर्क टाइम्सका अनुसार युक्रेनमा सञ्चालित सबै अमेरिकी परियोजनाहरू तत्काल रोक्न भनिएको छ। विद्यालयहरूलाई दिइँदै आएको सहयोग, आपत्‌कालीन मातृ हेरचाह र बाल खोप जस्ता स्वास्थ्य सहायता कार्यक्रम रोकिएका छन्।

यो निर्णयसँगै रूससँग युद्ध लड्दै आएको युक्रेनलाई अमेरिकाको सहयोग निकै अभाव खट्कनेछ। अहिलेसम्म युक्रेनले अमेरिकी नेतृत्वको पश्चिमा सहयोगमा युद्ध लड्दै आएको छ। पूर्वराष्ट्रपति जो बाइडनको कार्यकालमा अमेरिकाले युक्रेनलाई अरबौँ डलर र हतियार दिँदै आएको थियो।​

ट्रम्पको अमेरिका पहिलो नीतिअनुरूप यो नयाँ कदम चालिएको हो। राष्ट्रपतिको निर्वाचनकै वेला ट्रम्पले विदेशी सहयोगमा प्रतिबन्ध लगाउने घोषणा गर्दै आएका थिए।

अमेरिकाले विकासोन्मुख अफ्रिकी देशहरूलाई दिँदै आएको एचआईभी/एड्स नियन्त्रणका लागि सहयोग पनि बन्द हुने भएको छ।

इजरायल र इजिप्ट अमेरिकाका लागि रणनीतिक महत्त्वका साझेदार भएकाले दुई देशमा भने अमेरिकाले सहयोग जारी राख्नेछ। 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search