एजेन्सी । अमेरिकाले मेक्सिकोको सीमामा सेना परिचालन गरेको छ। डोनाल्ड ट्रम्पले राष्ट्रपति पदको शपथ लिएलगत्तै मेक्सिकोको सीमा क्षेत्रमा राष्ट्रिय संकटकाल लगाउने घोषणा गरेका थिए।
मेक्सिकोको सीमा हुँदै गैरकानूनीरूपमा अमेरिका प्रवेश गर्ने आप्रवासीलाई रोक्न सेना परिचालन गरिएको हो। बीबीसीका अनुसार सीमा क्षेत्रमा लडाकु जहाज, हेलिकोप्टरसहित १५ सय सेना परिचालन गरिएको छ, जसमध्ये १ हजार स्थल र ५ सय जल सैनिक छन्। उनीहर” बोर्डर मिसनका रूपमा परिचालित भएका छन् । दुईवटा सी-१७ र दुईवटा सी- १३० सैन्य विमान परिचालन गर्ने तयारी गरिएको छ ।
यो क्षेत्रबाट तत्कालै ५ हजार अवैध आप्रवासीलाई देश निकाला गर्ने तयारी रहेको कार्यवाहक रक्षामन्त्री रोबर्ट सेल्सेसले बताएका छन्। मेक्सिकोको सीमा क्षेत्रबाट निवर्तमान राष्ट्रपति जो बाइडेनको पालामा एकै वर्षमा तीन लाखसम्म आप्रवासी अमेरिका प्रवेश गरेको अमेरिकी भन्सार तथा सीमा सुरक्षा एजेन्सीको तथ्यांक छ ।
त्यसअघि ट्रम्प राष्ट्रपति भएको समयमा आप्रवासन समस्या केही नियन्त्रित अवस्थामा थियो, जुन बेला एक वर्षमा अमेरिका प्रवेश गर्ने आप्रवासीको सबैभन्दा ठूलो संख्या एक लाख हाराहारी थियो ।