,

अमेरिकाको लस एन्जलसमा आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १० जना पुग्यो

Bimala Sene Avatar

एजेन्सी । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या १० जना पुगेको छ । आगलागीमा परी ज्यान गुमाउनेहरूको पहिचान गर्ने काम भइरहेको र ज्यान गुमाउनेहरूको पहिचान गर्न कैयौं हप्ता लाग्न सक्ने लस एन्जलसका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले लस एन्जलस क्षेत्रमा पाँच ठाउँमा आगलागी भइरहेको छ । पेलिसेड्स, एटन, केनेथ, हस्र्ट र लिडिया क्षेत्रमा आगलागी भइरहेको छ । लस एन्जलस प्रहरीले शहरको वुडल्यान्ड हिल्स क्षेत्रमा आगो लगाउने प्रयास गरेको आशङ्कामा एक जनालाई पक्राउ गरेको छ । तर स्थानीय अग्निनियन्त्रकले जङ्गलमा आगो जानाजानी शुरू भएको प्रमाण नभेटेको बताएका छन् ।

आगलागीका कारण झन्डै १० हजार संरचना ध्वस्त भएको छ । अहिलेसम्म एक लाख ८० हजार जनालाई स्थानान्तरण गरिएको र दुई लाख जनाभन्दा धेरै मानिस जोखिममा  रहेका बीबीसीको खबरमा उल्लेख छ ।

आगलागीबाट ३४ हजार एकड क्षेत्रफल ध्वस्त भएको छ । लस एन्जलसको इतिहासमा यो सबैभन्दा विनाशकारी जङ्गलको आगलागी भएको अधिकारीहरूले बताएका छन् ।

सुक्खा मरुभूमिको हावाले आगोलाई थप बल पुर्‍याइरहेको छ । निकै तीव्र गतिको हावाले आगोलाई अझ फैलाउन सक्ने अधिकारीहरूले चेतावनी दिएका छन् ।

यसैबीच राष्ट्रपति जो बाइडेनले दक्षिणी क्यालिफोर्नियामा आउँदा ६ महिनासम्म ‘जीवन र सम्पत्तिको सुरक्षा’ खर्च सङ्घीय सरकारले बेहोर्ने घोषणा गर्नुभएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search