प्रधानमन्त्री राहत

admin Avatar

प्रधानमन्त्री सुशील कोइरालाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको रकमबाट वितरण भएको राहत र भूकम्प पीडितहरुलाई सहयोग गर्ने क्रममा देखिएका आर्थिक अनियमिततालाई निगरानी गर्न अनुरोध गर्नु भएको छ। बुधबार प्रधानमन्त्री निबास बालुवाटारमा बिभिन्न संघसंस्थाको राहत सहयोग हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री कोईरालाले आफू भूकम्प पीडितहरुको लागि राहत,पुनस्थापना र पुननिर्माणको काममा कुनै अनियमितता हुन नदिन प्रतिवद्ध रहेको बताउनु भयो। उहाले राहत दिने व्यक्ति संस्थाले पनि राहतको निगरानी गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री कोईरालाले राहत रकमको अनियमितता गर्नेलाई सरकारले कडा भन्दा कडा कारवाही गर्ने समेत बताउनुभयो।

गत बैशाख १२ गते आएको भूकम्पबाट पीडित नेपालीहरुलाई सघाउन बुधबार सेबोन,यति बैंक,शिवशक्ति समूह र पवित्र समाज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम प्रदान गरेका छन्। नेपाल धितोपत्र बोर्डका अध्यक्ष बाबुराम श्रेष्ठले ५७ लाख ३ हजार ८ सय ८५ रुपैया ३३ पैसाको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गर्नुभएको थियो। त्यस्तै यति डेभलपमेण्ट बैंकले १० लाख ६ हजार रुपैया सहयोग गरेको छ शिवशक्ति वायोप्लान्टेक प्रा.लि. काठमाडौंले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ लाख रुपैया प्रदान गरेको छ भने स्वर्ग पवित्र सत्य सुन्दर समाज मोकिची ओकादा युथोपिया प्रोजेक्टले पनि प्रधानमन्त्री राहत कोषमा सहयोग गरेको छ।

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories