वाताबरण समिति

admin Avatar

व्यबस्थापिका संसद अन्तर्गतको वाताबरण समितिले ललितपुरको बागडोलमा सञ्चालित एसफाल्ट प्लान्ट (रोडा र अलकत्रालाई तताएर मिसाउने उपकरण) बन्द गर्न निर्देशन दिएको छ। सिंहदरबारमा बुधबार बसेको समिति बैठकले नेपाल आदर्श निर्माण कम्पनी प्रालिको नाममा सञ्चालिन सो उपकरणले बस्ती वरपरको वातावरण प्रदूषण गरेको भन्दै समितिले बागडोलमा हाल सञ्चालनको कार्य तत्काल गर्न बन्दका लागि सरकारलाई निर्देशन दिएको हो ।बैठकमा समिति सदस्यहरुले सडक निर्माण भएका स्थानमा सीमित समय राखेर कार्य सम्पन्न भएपछि सार्नुपर्ने त्यस्तो उपकरण १८ वर्षदेखि कानुनको अटेर गरी बागडोलमा नै राखेको गुनासो गरेका थिए । कामको आवश्यकताअनुसार घुम्ती सेवाका रुपमा रहनुपर्ने सो उपकरणले कानुन मिचेर कार्य गर्नुका साथै वातावरण प्रदूषित गरेकाले तत्काल कार्य बन्द गर्नका लागि समितिले सरकारलाई निर्देशन दिने निर्णय गरेको हो। समितिका सभापति जनकराज चौधरीले सो स्थानमा तत्काल कार्य बन्द गर्नुका साथै तोकिएको मापदण्डमा रहि निश्चित स्थानमा मात्र काम गर्न पाउने बताउनुभयो।

उद्योग विभागले सो प्रालिलाई उद्योगको वर्कसप तथा ग्यारेज नगरपालिका क्षेत्र बाहिर साविकको कीर्तिपुर गाविसमा राख्नुपर्ने सर्तका आधारमा दर्ता प्रमाणपत्र दिएको थियो। पछि सर्त पालना नगरेको र प्रदूषण गरेकाले सरकारले उद्योगलाई पाँच लाख जरिवानासमेत गराइएको विभागले जनाएको छ। मुलुकभर यस्ता प्लान्ट १५ देखि २० को सङ्ख्यामा छन् भने काठमाडौँ उपत्यकामा मात्र पाँचवटा सञ्चालनमा रहेका छन्।

document.currentScript.parentNode.insertBefore(s, document.currentScript);

About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories