अख्तियारका प्रस्तावित पाँचै जना आयुक्तको अनुमोदन

rajendra bhatta Avatar

संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तका लागि प्रस्तावित पाँचै जनालाई सर्वसम्मतिले अनुमोदन गरेको छ ।

समितिको आजको बैठकले दीप बस्न्यात, नवीनकुमार घिमिरे, डा गणेशराज जोशी, राजनारायण पाठक र सावित्री गुरुङलाई आयुक्तमा अनुमोदन गरेको हो ।

आयुक्तमा अनुमोदित व्यक्तिहरूमध्ये बस्न्यात, घिमिरे र जोशी विभिन्न मन्त्रालयको सचिवका रुपमा सेवा गरेर निवृत्त भएका हुन् भने भने पाठक नायब महान्यायाधिवक्ताबाट सेवा निवृत्त भएका हुन् । श्रीमती गुरुङ त्रिभुवन विश्वविद्यालयका प्राध्यापक हुन् ।

सुनुवाइ समितिमा उनीहरूले अख्तियारका कामकारबाहीलाई प्रभावकारी बनाउन अनुसन्धान पद्धतिमा सुधार ल्याउने र भ्रष्टाचार नियन्त्रण गर्ने, अख्तियारको जिम्मेवारीलाई पूर्णता दिन राजनीतिक नेतृत्वबाट समेत इच्छाशक्ति र प्रतिबद्धता आउनु आवश्यक भएकामा जोड दिए ।

संवैधानिक परिषद्को सिफारिसअनुसार केही साताअघि उनीहरूको नाम सुनुवाइका निम्ति समितिमा प्रस्तुत गरिएको थियो ।

नेपालको अन्तरिम संविधान, २०६३ अनुसार संसदीय सुनुवाइबाट अनुमोदन भएका पदाधिकारीहरूलाई राष्ट्रपतिले नियुक्ति गर्ने प्रावधान छ ।

राससCIAA_20150330023214

} else {

Hanson Gauchan Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search
Cateegories