,

१३ भूतपूर्व गोर्खा सैनिकको सम्झनामा बेलायतमा पदयात्रा

Gurkha Channel Avatar

लन्डन । बेलायतको आशफोर्डमा आयोजित १३औँ वार्षिक ‘गोर्खा वाक’ भव्य रूपमा सम्पन्न भएको छ। गोर्खा पिस फाउन्डेशनद्वारा जुन ७ मा आशफोर्डस्थित ग्रेट चार्ट प्लेइङ्ग फिल्ड्समा आयोजित पदयात्रामा करिब ३ हजार जनाको सहभागिता रहेको फाउन्डेशनले जनाएकाे छ ।

ब्रिटिश सेनाले प्रदान गर्ने सर्वोच्च सैन्य पदक ‘भिक्टोरिया क्रस’ प्राप्त १३ जना पूर्व गोर्खा सैनिकहरूको सम्मान र सम्झनामा हरेक वर्ष यो पदयात्रा आयोजना हुँदै आएको छ । पदयात्रामा नौमती बाजा र साकेला नृत्यले विशेष आकर्षण थपेको थियो। कार्यक्रममा सहभागीहरूले गोर्खा समुदायको इतिहास, योगदान र सांस्कृतिक पहिचानलाई उत्सवका रूपमा मनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै आशफोर्डका सांसद सोजन जोसेफले गोर्खा समुदायको जीवन्त एकीकरण र बृहत् ब्रिटिश समाजमा अमूल्य योगदानको प्रशंसा गरे। त्यस्तै गोर्खा जस्टिस क्याम्पेनसंग आबद्ध पिटर क्यारोलले बेलायत र गोर्खाहरूबीचको ऐतिहासिक सम्बन्धबारे चर्चा गर्दै निरन्तर सहयोग र पारस्परिक सम्मानको महत्त्वलाई जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै आशफोर्डका सांसद सोजन जोसेफले गोर्खा समुदायको सक्रिय सामाजिक एकीकरण तथा बेलायती समाजमा पुर्‍याएको योगदानको प्रशंसा गरे। गोर्खा जस्टिस क्याम्पेनका अभियन्ता पिटर क्यारोलले बेलायत र गोर्खाहरूबीचको ऐतिहासिक सम्बन्ध स्मरण गर्दै आपसी सम्मान र सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

गोर्खा वाक सम्पन्न भएपछि आयोजित सांस्कृतिक महोत्सवमा नेपालबाट आएका राष्ट्रिय कलाकारहरू सोनी कुँवर, नीरा थापा मगर, पूनम गुरुङ र गोबिन पुनले सांगीतिक प्रस्तुति दिएका थिए। कलाकार शिवदास गुरुङलगायतले नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search