,

सरिना घलेलाई ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण 

Bimala Sene Avatar

लन्डन । नेपालकी सरिना घलेले डब्लूएमएसी ब्रिटिस ओपन च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी छन् । बेलायतको ग्लोसेस्टरस्थित अक्सटल्स स्पोर्ट्स एरिनामा शनिबार भएको प्रतियोगितामा सरिनाले चाइनिज क्रिएटिभ फममा स्वर्ण जितेकी हुन् । 

सरिनाले स्वर्ण जित्ने क्रममा स्कटल्यान्डकी एमेलिया पार्किनलाई पछि पारेकी थिइन् । सरिना हाल उच्च शिक्षा अध्ययनका क्रममा बेलायतमा रहेकी छन् । 

उनले यसअघि पनि बेलायतमै गत फेब्रुअरी ९ तारिखमा भएको डब्लूएमएसी इङलिस च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् ।

उमा कुङफुकी तेश्रो डान सरिना बेलायतमै सेप्टेम्बर १८ देखि २१ तारिखसम्म हुने डब्लुएमएसी इलाइट वर्ल्ड च्याम्पियनसिपमा सहभागिताका लागि तयारी गरिरहेकी छन् । 

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search