लन्डन । बीबीसी नेपाली सेवाका पूर्व प्रमुख वरिष्ठ पत्रकार खगेन्द्र नेपालीलाई बेलायतमा सम्मान गरिएको छ । नेपाल पत्रकार महासंघ यूकेको १४औँ वार्षिकोत्सवको अवसरमा वरिष्ठ पत्रकार नेपालीलाई सम्मान गरिएको हो ।
महासंघ यूकेले यसै वर्षदेखि शुरु गरेको ‘वर्ष पत्रकारिता सम्मान २०२५’ बाट पहिलो पटक नेपालीलाई प्रदान गरिएको हो । सो अवसरमा नेपालीलाई २५१ पाउण्ड नगदराशिसहित दोसल्ला र प्रमाणपत्र प्रदान गरियो ।
नेपाली हाल अमेरिकामा रहेकाले नेपालीको सम्मान आफन्त ज्ञानेन्द्र राउतले ग्रहण गरे । पुरस्कार छनोट समितिका संयोजक वरिष्ठ पत्रकार सुमन खरेलले सम्मानित व्यक्तिको नेपालीको पत्रकारितामा ५ दशक लामो योगदानबारे जानकारी दिएका थिए ।






