,

लन्डन दूतावासमा नेपाल प्रवर्धन इभेन्ट

Bimala Sene Avatar

लन्डन । लन्डनस्थित नेपाली दूतावासले पर्यटन बोर्डसंगको सहकार्यमा शुक्रबार सांझ पर्यटन प्रवर्धन सम्बन्धि विशेष कार्यक्रम ‘नेपाल नाइट’ गरेको छ । नेपाली र बेलायती आरोही, नेपाल घुमेका बेलायती एवं विदेशी ट्राभल, टुर अपरेटर्समात्र सहभागी उक्त ऐतिहासिक कार्यक्रममा वृत्तचित्रमार्फत नेपालको लोभलाग्दो प्राकृतिक सौन्दर्य प्रस्तुत गरियो । कार्यक्रममा आरोही र नेपाल घुमेका पर्यटकहरुले आ-आफ्नो अनुभव समेत साटासाट गरे ।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै बेलायतका लागि नेपाली राजदूत चन्द्र कुमार घिमिरेले नेपालको प्राकृतिक सौन्दर्य, जीवन्त संस्कृति र समृद्ध ऐतिहासिक कलाकृतिको अनुभव गर्न नेपाल भ्रमण गर्न अनुरोध गरे । राजदूत घिमिरेले नेपाल धेरै आश्चर्यजनक चीजहरु उत्खनन गर्न पर्खिरहेको उल्लेख गर्दै बेलायत नेपाल सदियौं लामो ऐतिहासिक सम्बन्धबारे पनि प्रकाश पारे ।

कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डा. नारायणप्रसाद रेग्मीले पर्यटनको पुरुत्थानका लागि सरकारको नीतिबारे प्रष्ट्याए । रेग्मीले सरकारले यात्रु र लगानीकर्ता दुवैका लागि आवश्यक सहजीकरण सुनिश्चित गर्ने आश्वासन पनि दिए । नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशीले नेपालको पर्यटनको प्राकृतिक, आध्यात्मिक, सांस्कृतिक र सामाजिक आयामहरूमाथि प्रकाश पार्दै नेपाल समुदायहरूलाई उत्थान र नेपाललाई अद्वितीय बनाउने सम्पदाहरुको संरक्षण गर्न दिगो र जिम्मेवार पर्यटनमा विश्वास राख्ने समेत बताए ।

ब्रिटेन नेपाल सोसाइटीका अध्यक्ष निक हिन्टनले सामुदायिक वन कार्यक्रम नेपालमा सबैभन्दा प्रभावकारी समुदाय नेतृत्वको पहल मध्ये एक रहेको बताए । मंगल धुनबाट शुरु कार्यक्रममा स्थानीय कलाकारहरुले कुमारी नृत्य, खुकुरी नृत्य, किरात साकेला, झ्याउरे नृत्य र अन्त्यमा सामूहिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search