,

लन्डन उडेको विमान भारतको अहमदाबादमा दुर्घटना, विमानमा कुन-कुन देशका नागरिक थिए ?

Bimala Sene Avatar

काठमाडौँ र बिहीवार लण्डन जाँदै गरेको भारतीय यात्रुबाहक विमान भारतको अहमदाबाद शहरको एक आवासीय क्षेत्रमा दुर्घटना हुँदा त्यसमा सवार सबै २४२ जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

“अहमदाबादको त्रासदीले हामीलाई स्तब्ध र दुःखी बनाएको छ। एयर इन्डियाको उडान नम्बर १७१ उडेको केही क्षणमा नै दुर्घटनाग्रस्त भएको हृदयविदारक घटनाले विश्वलाई नै स्तब्ध बनाएको छ,” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका छन् ।

अहमदावाद शहरका प्रहरी आयुक्त जीएस मलिकले भने, “दुर्घटनामा कोही पनि बाँच्न सफल भएको जस्तो देखिएको छैन।” उनले भने, “विमान आवासीय र केही कार्यालय भएको क्षेत्रमा खसेकाले हताहत हुनेको सङ्ख्या पनि बढी हुन सक्छ।”

विमानमा दुई चालकसहित १० चालक दलका सदस्य गरी २४२ जना सवार रहेको भारतीय नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । एयर इन्डियाका अनुसार लण्डन ग्याटविकका लागि उडेको विमानमा १६९ भारतीय, ५३ बेलायती, सात पोर्चुगाली र एक क्यानेडियाली यात्रु सवार थिए ।

बेलायती प्रधानमन्त्री केइर स्टार्मरले दुर्घटनाका दृश्यहरू ‘विनाशकारी’ देखिएको ‘गहिरो शोकको घडीमा’ पीडित यात्रु र उनीहरूका परिवारहरूलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा जारी एक सन्देशमा भनेका छन् । नागरिक उड्डयन महानिर्देशनालयका अनुसार विमानले खतराको सूचक ‘मे डे’ कल जारी गरेको थियो र उडान भरेलगत्तै विमानस्थलको परिधिबाहिर दुर्घटनाग्रस्त भएको थियो।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search