लन्डन । लन्डनमा २७ सेप्टेम्बर शनिबारका दिन ‘यती कप फुटबल प्रतियोगिता’ हुने भएको छ । यती नेपाली एसोसिएसन यूकेको आयोजनामा प्लेरतियोगिता हुन लागेको हो । प्रतियोगिता फेल्थाममा आयोजना हुने बुधबार आयोजित एक पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा स्पोर्टस सेक्रेटरी हरि रेग्मीले यती कपमा ९ ए साइड र कुल खेलाडी १५ जना (तीनजना विदेशी मान्य) सामेल हुने एवं मेनतर्फ २४ र भेट्रान १२ टिमलाई खेलाउने योजना रहेको जनाए । उनका अनुसार अहिलेसम्म मेन २० टिम र भेट्रान १० टिम दर्ता भइसकेका छन् ।
प्रतियोगितामा मेन क्याटगोरिज विजेताले ३३३३ पाउण्ड, रनर अपले १५५५ पाउण्ड, भेट्रान्सतर्फ वीनर टिमले १२२२ पाउण्ड र रनरअपले ५५५ पाउण्ड प्राप्त गर्नेछन् । वेष्ट प्लेयर, हाइजेष्ट गोल स्कोरर, वेष्ट गोलकिपर, वेष्ट टिम म्यानेजर, मोष्ट डिस्सीप्लिन्ड टिमलाई पनि ट्रफी प्रदान गरिने आयोजकको भनाइ छ ।
रेग्मीले व्यवस्थित, अनुशासित र सुरक्षित ढंगले प्रतियोगिता गर्ने तयारी भइरहेको बताए । महिला टिमलाई भने यसपटक राख्न नसकिएको उनले प्रष्टयाए । यती कपमा फुटबलबाहेक नेपाली खाना र सांस्कृतिक स्टल, लाइभ म्यूजिक आदि पनि मुख्य आकर्षण रहने छन् ।







