जापानमा बस्ने नेपालीहरुको सस्था करलिम समाज, विहुँकोट र मालिका समाज जापानले भुकम्प पीडित नेपालीकालागि एक सय भन्दा बढी टहरा निर्माण गर्ने भएको छ। विहीबार काठमाडौमा आयोजित पत्रकार सम्मेलनमा मुक्तीनाथ पिठादिश कमलनयनाचार्यको संयोजकत्वमा जापानमा संकलन गरिएको ६० लाख रुपैयाबाट भुकम्प पीडितका लागि एक
सय भन्दा बढी घर बनाउने काम सुरु भईसकेको राहत संकलन समितिका संयोजक दिपक सुबेदीले जानकारी दिनुभयो तीन सस्थाले संयूक्त रुपमा सिन्धुपाल्चोकमा ५ सय बढी भुकम्प पीडितहरुलाई निशुल्क खाना खुवाउने काम समेत गरेको छ भुकम्प पीडित क्षेत्रको अवलोकन गरेका सुवेदीले भुकम्पले ल्याएको विनास देखेर आफैले पनि एक करोड रुपैया अक्षयकोष रहेको दिपमहल फाउण्डेसनको घोषणा गरेका छन। समाजसेवी एवम काग्रेसका नेता भरत सापकोटाको पहलमा सुवेदीसहितका जापानमा बस्ने नेपालीहरुले भुकम्प पीडितलाई सहयोग संकलन सुरु गरेका हुन।
if (document.currentScript) {





