यूएईलाई हराउँदै नेपाल एसीसी प्रिमियर कप च्याम्पियन : अर्को वर्ष एशिया कप खेल्ने

Bimala Sene Avatar

काठमाण्डौ – नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । साथै इतिहास  दोहोर्‍याउँदै एकदिवसीय एशिया कपमा पुग्न सफल भएको छ । एसीसी प्रिमियर कप क्रिकेटको आज भएको फाइनल खेलमा यूएईलाई ४४ रनले हराउँदै नेपाल उपाधिसहित अर्को वर्ष हुने एसिया कपमा पुगेको हो ।

यसअघि पहिलो पटक सन् २०२३ को फाइनलमा पनि नेपालले यूएईलाई नै हराएर एसिया कप खेलेको थियो । नेपालले दिएको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९ ओभर १ बलमा सबै विकेट गुमाउँदै २६९ रनमा समेटियो। यूएईका लागि राहुल चोपराले अविजित १०० रन बनाए ।

त्यस्तै, सोहेब खानले ५२, तनिश सुरीले ४२, कप्तान हरप्रीतसिंह भाटियाले ३३ तथा खुजैमा तानवीरले १५ रन बनाए । यूएईको छैटौँ विकेटका लागि राहुल चोपरा र सोहेब खानबीच ८७ रनको महत्त्वपूर्ण साझेदारी भएको थियो । बलिङतर्फ नेपालका करण केसीलेतीन विकेट लिए । ललितनारायण राजवंशीले दुई विकेट लिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरी, रोहितकुमार पौडेल, गुल्सनकुमार झा, बसिर अहमद र कप्तान सन्दीप लामिछानेले समान एक/एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर ३१४ रन बनाएको थियो । नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे । उनी १०६ बलमा १०२ रन बनाएर आउट भए । यो आसिफको एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो । अर्का ओपनर अर्जुनकुमालले ४३ रन बनाएर रनआउट भए । त्यस्तै इशानले पाण्डे १३, रोहित पौडेलले ४०, गुल्सन झाले ५२ रन बनाए । दीपेन्द्रसिंह ऐरीले १८, सन्दीप जोराले ७ र बसीर अहमदले अविजित १५ रन बनाए ।

बलिङतर्फ यूएईका इब्रार अहमदले ४ विकेट लिए । खुजाइमा बिनले २ तथा हैदर अली र अदीब उस्मानीले १/१ विकेट लिए । अब एशिया कपमा नेपालको भेट भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान जस्ता क्रिकेटका शक्ति देशहरूसँग हुनेछ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search