,

मगर संघ यूके वेस्ट लण्डन शाखाको अध्यक्षामा लोक थापा मगर

Bimala Sene Avatar

लन्डन ।  मगर संघ यूके वेस्ट लण्डन शाखाको छैठौं अधिवेशनले लोक थापा मगरलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । शनिबार वेस्ट लण्डनस्थित Peter W. Halls मा सम्पन्न अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै नेतृत्व हस्तान्तरण गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा ज्ञानबहादुर थापा मगर र महिला उपाध्यक्षमा मैया राना मगर चयन भएका छन् । त्यसैगरि समितिको सचिवमा प्रशन थापा मगर, सहसचिवमा नविन पुन मगर, कोषाध्यक्षमा पिताम्बर राना मगर र सहकोषाध्यक्षमा आरती थापा मगर चयन भएका छन् ।

कार्यसमिति सदस्यहरुमा बिमला पुन मगर, तोमी थापा गर्बुजा मगर, मिन थापा मगर, पार्वती पुन मगर, पार्वती सूर्यवंशी मगर, पूर्णमाया पुन मगर, सुमी राना मगर, र चन्द्र रोका मगर यचन भएका छन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search