, ,

बेलायतमा नयाँ र पुरानो पुस्ता जोड्न एनआरएनए कप, ३९ टिमबीच प्रतिष्पर्धा हुने

Bimala Sene Avatar

लन्डन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आउंदो सेप्टेम्बर १३ तारिख लन्डन फेल्थाममा गर्न लागेको दोस्रो एनआरएनए महोत्सव एवं एनआरएनए कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।
आइतबार अल्डरसटस्थित ठमेल रेष्टुरेन्टमा एक पत्रकार सम्मेलन गरि संघले तयारीबारे अवगत गराएको हो । नेपाली कला, संस्कृति, परम्परा, भेषभूषा र खानाको प्रचार प्रसार एवं संवर्धनका लागि एनआरएनए नेपाल महोत्सव र बेलायतमा रहेका नेपाली युवाको प्रतिभा उजागर गर्दै स्वास्थ्यका लागि खेलकुद भन्ने उद्देश्यसहित ९ ए साइड एनआरएनए कप प्रतियोगिता गर्न लागिएको एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले बताए ।

दोश्रो पुस्तालाई खेल क्षेत्रमा प्रोत्साहन गरि उनीहरुमा नेपाली कला संस्कृति हस्तान्तरण गर्ने उद्देश्य पनि इभेन्टको रहेको अध्यक्ष गाहामगरले बताए । बेलायतको नेपाली डायष्पोरामा पहिलो र दोश्रो पुस्ताबीचको दुरी बढिरहंदा दुवै पुस्तालाई एकै थलोमा उतार्ने प्रयत्न स्वरुप यो इभेन्ट राखिएको उनको भनाइ थियो ।

इभेन्ट प्रवेश शुल्क र पार्किङ शुल्क केही नलाग्ने पनि उनले प्रष्टयाए । सबै एक भएर अगाडि बढे धेरै सफलता हासिल गर्न सकिने बताउंदै उनले वंशजको नेपाली नागरिकता मुद्दा सफल बनाउन पनि दोश्रो पुस्तालाई जोड्न आवश्यक रहेको उल्लेख गरे ।

इभेन्ट संयोजक एवं युथ कोअर्डिनेटर विशाल राईले यसपटक कुल ३९ टिममध्ये २४ मेन, १२ भेट्रान एवं ३ महिला टिमले प्रतिष्पर्धा गनेए जानकारी दिए । खेलले मानिसको मानसिक, शारिरिक एवं सृजनशीलता वृद्धि गर्ने बताउंदै राईले अघिल्लो वर्ष ४ हजार दर्शकले खेल हेरेकाले आफूहरु यसपटक पनि उत्साहित भएको बताए ।

खेलमार्फत पहिलो र दोश्रो पुस्तालाई एकै ठाउंमा ल्याइ समुदायलाई मजवुत बनाउने मुख्य उद्देश्य रहेको भन्दै उनले सहभागी भइदिन सबैमा अपिल गरे । प्रमुख संरक्षक डेभिड गुरुङले फुटबलले सबैलाई एकै ठाउंमा ल्याउने भएकाले इभेन्ट सफल पार्न सबैमा अनुरोध गरे ।


शुभकामना मन्तव्यका क्रममा प्रमुख सल्लाहकार डा. भीम पुनले पहिलो एनआरएनए कप गर्ने बेला धेरैमा आशंका रहेपनि परिपक्व टिमले गर्दा पूर्ण सफल भएको स्मरण गर्दै यस वर्ष पनि सफल हुने विश्वास व्यक्त गरे । उनले यो इभेन्ट फुटबलमा मात्र सिमित नभइ यसले कम्युनिटीमा सामिप्यता बढाउने, नयां र पुरानो पुस्ताबीच ब्रीजको काम गर्ने लगायतका फाइदा रहेको बताए ।    

महासचिव जुरेन्द्र खजुमले सञ्चालन गरेको कार्यक्रममा आइसीसी सदस्यहरु शारदा गुरुङ, विजय गुरुङ, सल्लाहकार नरमति पुन लगायतले पनि शुभकामना दिएका थिए । सो अवसरमा एनआरएनए यूके उपाध्यक्ष अनिल मल्ल, प्रमुख सल्लाहकार क्या. रिटायर्ड वीरबहादुर थापा, लगायतको सहभागिता थियो । पत्रकार सम्मेलनमा टिम ‘ड्र’ समेत गराइएको थियो ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search