,

प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको नवौं अधिवेशनको तयारी तीव्र, नेतृत्व लिन पोखरेल अग्रपंक्तिमा

Gurkha Channel Avatar

लन्डन । आउंदो १५ जुनमा हुने एमाले निकट प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको नवौं अधिवेशन तयारी तीव्मार वनाइएको छ । बेलायतको लेस्टरमा हुन लागेको अधिवेशन उद्घाटनका लागि एमाले महासचिव शंकर पोखरेल, युरोप इन्चार्ज घनश्याम पाण्डे, प्रवासी नेपाली अन्तरराष्ट्रिय मञ्चका अध्यक्ष सञ्जय थापा र प्रवासी नेपाली मञ्च अन्तरराष्ट्रिय कमिटी सचिवालय सदस्य प्रभु थापा बेलायत आउंदैछन् ।

नवौं महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व समेत चयन गर्ने भएकाले अधिवेशन सरगर्मी अझ बढेको छ ।

पोखरेलको उम्मेदवारी

यसैबीच, ओएनएफ यूके अध्यक्षमा लेष्टर निवासी समाजसेवी तथा नेता पशुपति पोखरेलले उम्मेदवारी दिने घोषणा गरेका छन् । यसअघि मञ्चको उपाध्यक्ष भइसकेका पोखरेल हाल सदस्य र संघसंस्था समन्वय विभाग प्रमुख छन् । वाध्यता वा रहरले विदेश आएपनि नेपालसंग राष्ट्रिय साइनो र पारिवारिक साइनो नमेटियोस् भनेर वंशजको नागरिकता निरन्तरता पहल आफ्नो पहिलो एजेण्डा रहेको पोखरेलले बताए ।

बेलायतस्थित एमाले कार्यकर्ता र संघसंस्थासंग समन्वय गरेर नेपालको समृद्धि अभियानमा आर्थिक, नैतिक सहयोग जुटाउने, नेपालीको हक हित र आपतविपतमा सहयोग गर्ने पवित्र उद्देश्य आफ्नो रहेको पनि उनले बताए । वि.सं. २०५३ सालदेखि एमालेको क्रियाशील सदस्य रहेका उनी सन् २००८ मा बेलायत आउनु अघि नेपालमा लामो समय राजनीतिमा क्रियाशील थिए ।

पञ्चायतकालमै ८ कक्षादेखि उनी अनेरास्ववियूमा आवद्ध भए । प्रारम्भिक कमिटी अध्यक्ष, जिल्ला कमिटी र क्याम्पस प्रारम्भिक कमिटीमा पनि उनले काम गरे । बेलायत आएपछि उनी प्रवासी नेपाली मञ्च यूके र एनआरएनए यूकेसंग जोडिए । एनआरएनए यूकेमा दुई पटक निर्वाचन कमिटी सदस्य भइसकेका उनी लेष्टरमा क्रियाशील सृजनशील लेष्टर नेपाल यूकेका पूर्व अध्यक्ष समेत हुन् ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search