
लन्डन । प्रवासी नेपाली आदिवासी जनजाति मञ्च यूके जनवर्गिय संगठन समिति गठन भएको छ । १५ जुन २०२५ मा हरि गोविन्द गुरुङको अध्यक्षतामा १५ जनाको पहिलो कार्य समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा संतोष लिम्बू, सचिवमा ह्यारी गुरुङ, उपसचिवमा भिम बहादुर भोलान र कल्पना आङ्बुहाङ चयन हुनु भएको छ ।
त्यसैगरि समितिको सदस्यहरुमा बिरकाजी गुरुङ, रामचन्द्र गुरुङ, स्याम शेरचन, मेख लामा, पदम बहादुर गोले, कमल श्रेष्ठ, हेम लिम्बू, हेम थापा, सर्मीला राई र प्रेम गुरुङ चयन हुनु भएको छ ।
प्रवासी नेपाली मञ्च (ओएनएफ) यूकेको नवौँ महाधिवेशनको अवसरमा मन्चमा आवद्ध आदिवासी जनजातिहरूलाई संगठित गर्न प्रवासी नेपाली आदवासी जनजाति मञ्च युके गठन गरिएको हो ।
प्रवासी नेपाली आदिवासी जनजाति मञ्च नेपालका केन्द्रीय सदस्य काजीमान यक्सोले नयाँ समितिका सबै पदाधिकारीहरुलाई शपथ ग्रहण गराएका थिए ।


नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख अतित्थयमा भएको सो अधिवेशनमा बेलायतस्थित संयुक्त अधिराज्यका राजदुत चन्द्र घिमिरे , नेपालबाट पोलिटव्युरो सदस्य सुजिता शाक्य,ओएनएफ अन्तरराष्ट्रिय कमिटि अ्रध्यक्ष संजय थापा, ओएनएफ अन्तरराष्ट्रिय कमिटि सचिवालय सदस्य प्रभु थापा, युरोपबाट सन्तोष भट्टराई, जनसम्पर्क समिति बेलायतका अध्यक्ष यूवराज सिंह, जनप्रगतिशील मंच यूकेको नेता रण केसी ,सिर्जनशील समाजका अध्यक्ष पुण्डरी अर्याल, एनआरएनए आइसीसी उपाध्यक्ष डा हेमराज शर्मा, नेपाल पत्रकार महासंघ यूकेका अध्यक्ष विमला सेने लगायतओएनएफ यूकेका पुर्व अध्यक्षहरु पदाधिकारीहरु, कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।


