लन्डन- पोखरेली मञ्च यूकेको आयोजनामा बेलायतमा सम्पन्न आठौं पिपल नेपालकप टी ट्वान्टी क्रिकेटको उपाधि माया क्रिकेट क्लबले जितेको छ ।
आइतबार रेडिङको सोनिङ लेनस्थित रेडिङ क्रिकेट एण्ड हक्की क्लब ग्राउन्डमा सम्पन्न प्रतियोगिताको फाइनलमा हिमालयन क्रिकेट क्लबलाई ७ विकेटले हराउँदै माया च्याम्पियन बनेको हो ।
गत वर्ष सम्पन्न सातौं नेपालकप क्रिकेटको फाइनलमा पनि हिमालयन क्लबलाई हराउँदै उपाधि जितेको माया क्रिकेट क्लबले यस वर्ष फेरि सोही क्लबलाई फाइनलमा हराएर लगातार दोस्रोपटक उपाधि जितेको हो ।






