,

नेफिन यूकेले पूर्व सभामुख ओनसरी घर्ती र पूर्वमन्त्री राम कार्कीसँग विशेष अन्तरक्रिया गर्ने

Bimala Sene Avatar

लन्डन । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) यूकेले आगामी ६ सेप्टेम्बरमा पूर्वसभामुख ओनसरी घर्ती मगर र नेकपा माओवादी केन्द्रका सचिव एवं पूर्वमन्त्री राम कार्कीसँग विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

अल्डरसटस्थित प्यालेस रेस्टुरेन्टमा बिहान ११ बजे हुने अन्तरक्रिया कार्यक्रममा नेपाली नागरिकता निरन्तरता र संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आदिवासी जनजातीको अधिकारबारे छलफल हुने नेफिन यूकेका अध्यक्ष मेजर योगेश कोयी राईले जानकारी दिनुभयो ।

सेप्टेम्बर २ मा लन्डन आउन लाग्नु भएका मगर र कार्की माओवादी सम्बद्ध जातीय मुक्ति मोर्चाहरुको बेलायत शाखाको आगामी ७ सेप्टेम्बर २०२५ मा हुने संयुक्त सम्मेलनमा सहभागी हुनु हुनेछ ।

कार्यक्रममा  घर्ती र कार्कीसँगै किराती मुक्ति मोर्चा, नेपालको केन्द्रीय महासचिव वसन्त राई पनि बेलायत आउने तयारी रहेको सम्मेलनका संयोजक कर्मा पहाडी शेर्पाले जानकारी दिनुभएको छ ।

Oman Gauchan "Hanson" Avatar
About Gurkha Channel

Gurkha channel is the sister company of Gurkha TV and the first 24-hour Nepali channel operating from the international capital of the world,London, United Kingdom. Gurkha Channels believes in honesty, respect, and unity. We belong to the land of Lord Buddha, Mt. Everest, and gallant people who sacrifice their lives for peace and humanity. Therefore, in this world of globalization, it is our effort to bring all Nepalese from around the world together and make one family: one Nation.

Search