काठमाडाैं । त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरूङबाट २ जनालाई जीवितै उद्धार गरिएको छ । भदौ १० गते तिब्बत हुँदै आएको भीषण बाढीपछि सुरूङमा फसेका २ जनालाई ९ दिनपछि जीवितै उद्धार गरिएको हो ।
सुरूङमा फसेकाहरूको खोजी तथा उद्धारमा खटिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवम् ईन्जिनियर श्रीराम न्यौपानेका अनुसार शुक्रबार बिहान ९:२० बजेसम्म २ जनालाई सुरूङबाट जीवित उद्धार गरिएको हो । उद्धार गरिएकाहरूमा सञ्जय शाह र कविर महर्जन छन् ।
उनीहरूलाई सेनाले घटनास्थलमै प्राथमिक उपचार प्रदान गरिरहेका छन् । त्यसपछि सेनाले हेलिकप्टरबाट उनीहरूलाई काठमाडौं ल्याउने तयारी गरेको छ।सुरूङमा फसेका अन्यको पनि खोजी भइरहेको छ।








